परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असार  २४ आइतबार

  • भारतले नेपालले आयात गरिरहेको बिजुलीको भाउ १५ देखि २० प्रतिशतसम्म बढाउन प्रस्ताव गरेकोमा त्यसलाई नेपालले अस्वीकार गरेको छ । भारतको राजधानी दिल्लीमा सम्पन्न नेपाल भारत विद्युत आदान प्रदान समितिको बैठकमा भारतले त्यस्तो प्रस्ताव राखेको हो ।
  • जापानमा बाढीपहिरोका कारण हालसम्म ३८ जनाको मत्यु भएको बीबीसीले जनाएको छ ।
  • यातायात क्षेत्रको सिण्डिकेट कानुनतः अन्त्य भए पनि यातायात व्यवसायीहरूको दादागिरी कायमै रहेको जनगुनासो बढिरहेको बेलामा यातायात मन्त्री रघुवीर महासेठले नै सिन्डिकेट फर्काउन लागेको खबर आज प्रकाशित अखबारहरूले छापेका छन् ।
  • एक कार्यक्रममा सहभागी हुन क्यानडा जान लाग्नुभएका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काएको समाचार आज प्रकाशित अखबार तथा अनलाइनहरूले प्रकाशन गरेका छन् ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक नलगाइने र राजधानीको माइतीघरलगायत विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा नहट्ने बताउनुभएको समाचार छ । उता, काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्ने अनुमति दिन नहुनेलगायतका माग राख्दै जुम्लामा अनसन बस्नुभएका प्रा.डा. गोविन्द केसी भने आफु मर्न तयार रहेको तर आफ्नो मागबाट पछि नहट्ने बताउनुभएको खबरले चर्चा बटुलेको छ ।
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न निकायका अध्यक्ष तथा अन्य पदाधिकारीसहित नियुक्ति पत्र बदर भएको पत्र थमाएको छ । सरकारले असार २० गतेको निर्णयानुसार शेरबहादुर देउवाको सरकारले २०७४ भदौ १४ देखि फागुन २ गतेसम्म गरेका सबै नियुक्ति बदर गर्ने घोषणा गरेको थियो ।
  • गण्डकी प्रदेशको प्रादेशिक विश्वविद्यालय तनहुँको बेलचौतारामा खोल्न उपयुक्त हुने सम्भाव्यता अध्ययन टोलीले निष्कर्ष निकालेको छ । यसबारे अध्ययन गर्न प्रा.डा. गणेशमान गुरुङको संयोजकत्वमा अध्ययन टोली बनेको थियो ।
  • सार्वजनिक पद धारण गरेका व्यक्तिले विदेश भ्रमण गर्दा प्रचलित कानुन बमोजिम अनिवार्य रूपमा अनुमति लिनुपर्नेमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले त्यसो नगर्नुभएको खुलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रेस व्यक्ति जारी गरी यस्तो जानकारी दिएको हो ।
Facebook Comments