परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असार २२ शुक्रबार  

  • काठमाडौंका विद्यालय जाने उमेर समूहका ६ हजार बालबालिका विद्यालय जानबाट बञ्चित भएको खबर आज प्रकाशित कान्तिपुर दैनिकले छापेको छ ।
  • बाढीका कारण सुनसरीका केही आधा दर्जन बस्ती डुबानमा परेपछि जनजीवन अस्तव्यस्त बनेको खबर छ ।
  • २३ वर्षअघि टोकियोको सबवेमा विषालु ग्याँस आक्रमण गर्ने र ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर अफवाह फैलाउने आसाहारासहित ७ जनालाई जापान सरकारले मृत्युदण्ड दिएको छ ।
  • महानगरीय प्रहरी वृत्तले पकेटमारी, चोरी र लागू पदार्थ बिक्री वितरणको अभियोगमा नौजनालाई पक्राउ गरेको छ ।
  • राष्ट्रियसभाले तीन सदस्यीय संसदीय सुनुवाइ विशेष समिति गठन गरेको छ । राष्ट्रियसभाको बैठकले समितिमा सुमन प्याकुरेल, नन्दा चपाईँ र जितेन्द्रनारायण देवको नाम अनुमोदन गरेको हो ।
  • चितवनको भरतपुरस्थित बीपी मेमोरियल क्यान्सर अस्पतालमा साउनदेखि ३ सय शैय्या थपिने भएको छ । हाल अस्पतालमा १९४ शैय्या छ ।
  • अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको खबर छ ।
  • नेपाल र भारतका सीमा क्षेत्रका नेपाली बस्ती डुबानमा पर्नुमा भारत दोषी देखिएको छ । नेपाल र भारतको बाढी तथा डुबानसम्बन्धी संयुक्त अनुगमन टोलीले सात स्थानमा हालसालै गरेको स्थलगत अध्ययनका आधारमा यस्तो निष्कर्ष निकालेको हो । भारतीय पक्षले नेपाली भूमिलाई असर पर्ने गरी अवैज्ञानिक तवरले बाँध बनाएको र कतिपय आवश्यक स्थान बाँध नबनाएकाले नेपाली भूमि डुबानमा परेको टोलीको ठहर छ ।
  • मुस्ताङको स्याङबोचेमा ट्रिपर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो सुनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।
  • प्रदेशसभाको दुई तिहाइ बहुमतबाट प्रदेश ४ नं. को नाम गण्डकी राखिएको छ ।
  • पाकिस्तानको भ्रष्टाचारसम्बन्धी अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफ र उहाँकी छाेरी मरियम सरिफलाई क्रमशः क्रमश १० र ७ वर्ष जेल सजाय तोकेको छ ।
  • पाँच पटकको विजेता ब्राजिलले यसपटकको विश्व कपमा हार व्यहोर्नुपरेको छ । बेल्जियमले उसलाई २-१ गोलको अन्तरले हराएको हो ।
Facebook Comments