परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असार २१ बिहीबार

  •  लमजुङका विद्यालय जाने उमेर ३.२ प्रतिशत बालबालिका विद्यालय नगएको खबर आज प्रकाशित नयाँ पत्रिकाले छापेको छ ।
  • जुम्लामा अनसनरत डा गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर अवस्थामा पुगेको समाचार आज प्रकाशित अखबारहरूमा आएका छन् ।
  • तीन वर्षभन्दा लामो समयदेखि असरल्ल रहेको बौद्ध—साँखु सडक निर्माणका लागि स्थानीयले दबाबमूलक कार्यक्रम अघि सार्ने समाचार छ । निर्माण कार्य अलपत्र रहेकाले सडक प्रयोगकर्ताले सास्ती भोगिरहेका छन् ।
  • बाँकेको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा यस वर्षको यस समयसम्म सर्पको टोकाइबाट नौजनाको मृत्युको भएको खबर छ ।
  • झाँक्रीमाथि विश्वास गरी घरैमा सुत्केरी गराउँदा नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. ४ हिलेका २४ वर्षीय माइली तामाङको मृत्यु भएको छ ।
  • सरकारले सबै प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको छ ।
  • कोशीको वहाव यस वर्षकै उच्चविन्दुमा पुगेपछि खतरासूचक रातो बत्ती बालिएको छ । पानीको वहाव ५० हजार क्युसेक पुगेपछि खतरासूचक रातो बत्ती बालिन्छ । विहिबार बिहानसम्म कोशीको वहाव ५४ हजार ३ सय ९३ क्युसेक पुगेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
  • केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्ववर्ती सरकारले गरेको नियुक्ति खाजेर गर्ने निर्णय कानुनी शासनमाथिको आक्रमण भनी टिप्पणी गरेको छ ।
  • प्रदेश नं. ४ को नाम गण्डकी राख्न लागिएकोमा नेपाल आदिवासी जनजाति महासंघलगायतका जनजाति संगठनहरूले विरोध जनाएका छन् । यी संस्थाले प्रेस विज्ञप्ति जारी गर्दै यसलाई केन्द्रीकृत र नश्लवादी चिन्तनको उपमा दिएका छन् ।
Facebook Comments