परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

फागुको रङ्गमा रामहरिको ढङ्ग

काठमाडौँ । सञ्चारकर्मी रामहरि शाही समुन्द्री आज वसन्तपुर, काठमाडौँमा अर्कै रूपमा देखिनुभएको छ । परम्परागत रूपमा बजाइने नेपाली बाजा टेम्को बजाउँदै उहाँ अग्रपङ्क्तिमा देखिनुभयो ।

नेपाली परम्परागत मौलिक बाजाको संरक्षणमा पत्रकार रामहरि शाही समुन्द्रीले देखाउनुभएको साहस र सक्रियता प्रशंसनीय र सिकोयोग्य रहेको छ ।

रामहरि २०५५-५७ सालमा रेडियो सगरमाथामा समाचार तथा कार्यक्रम उत्पादनमा स्वयंसेवी हिसाबले सक्रिय हुनुहुन्थ्यो । अहिले पनि उहाँ सन्देशमूलक रेडियो कार्यक्रम र डकुमेन्ट्री उत्पादनमा सक्रिय हुनुहुन्छ।

नेपाली मौलिक बाजा टेम्को बजाउन पाउँदा आनन्द लागेको उहाँको भनाइ छ ।

Facebook Comments