परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

उहाँ फटाहा हुनुहुन्छ

चट्याङ-प्रहार

उहाँ आजभोलि नित्य सत्यको खोजीमा हुनुहुन्छ
पूजा, पाठ, तीर्थ र ब्रत गर्नुहुन्छ
नामी नामी साधु, सन्त, बाबा र फकिर खोज्नुहुन्छ
प्रवचन सुन्नुहुन्छ, वेद उपनिषद् र पुराण पढ्नुहुन्छ
ज्ञान र नित्य सत्यको खोजीमा हुनुहुन्छ ।

 

फुलेको कपाल दिनहुँ रङ्गाउनुहुन्छ
हालेको दाँत अरुले सक्कली ठानून् भन्ने चाहनुहुन्छ
पालेका जुँगा फुल्न थालेदेखि सिनित्त खौरनुहुन्छ
चाउरी छोप्न किरिम दल्नुहुन्छ
चस्माले बुढो देखिन्छ कि भनेर लेन्स लगाउनु हुन्छ
हतपती आफ्नो उमेर आफैंँ भन्न अनकनाउनु हुन्छ
थोर भन्ला भन्ने आसमा आफ्नु उमेर अरुलाई सोध्नुहुन्छ
अरुले ढाँटी दिनुपर्छ, तपाईंँ त ४०–४५ को देखिनुहुन्छ
त्यस्तो फट्याईंमा मक्ख पर्नुहुन्छ
बिगतको मोहमा उहाँ आफू र अरुलाई ढाँट्दै हुनुहुन्छ
उहाँ जीवन र जगतको नित्य सत्यको खोजीमा हुनुहुन्छ ।

 

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

बिर्सनुको मजा !

उहाँ आफ्नै शरीरको वर्तमान सत्यदेखि बिगतमा भाग्नुहुन्छ
मनको असत्यलाई कुरा र कामका आडम्बरले ढाक्नुहुन्छ
हमेशा बटुल्नकै दाउमा बसेर त्यागका कुरा गर्नुहुन्छ
मरिलानु के छ र भन्दै गरिछाड्नुप्रति आँखा चिम्लनुहुन्छ
आफैंँलाई र अरुलाई ढाँट्दै, बुढ्यौलीको सत्यलाई नकार्नुहुन्छ
उहाँ जीवन र जगतको नित्य सत्यको खोजीमा हुनुहुन्छ
उहाँ एक नम्बरको फटाहा हुनुहुन्छ ।

Facebook Comments