परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हर्षोल्लाषपूर्वक फागुपर्व मनाइयो

रङ्गहरूको चाड-२०७५

रङ्गहरूको चाड फागुपर्व आज देशका पहाडी क्षेत्रमा हर्षोल्लासका साथ मनाइएको छ ।

लामो समयको चिसोले कठ्याङ्गगरिएको जनजीवन र प्रकृतिमा क्रमशः न्यानो छाउन थालेपछि वरिपरि रङ्गीचङ्गी फूल र हरियाली छाएसँगै उल्लाषका साथ विशेषगरी एकापसमाा अबिर दलेर वसन्त ऋतुलाई स्वागत गर्ने चलन छ ।

फागुमा आफन्त, साथीभाइबीच पानी छ्याप्ने, अबिर दल्ने, रङ्ग मिसाएको पिच्करी हान्ने तथा मीठा परिकार बनाएर खाने गरिन्छ ।

कोही रङ्गले जीउ भिजाएर हुल बाँधी सडकमा हिड्ने गर्छन् भने तिनलाई घरका छतछतबाट पानी छ्यापेर स्वागत समेत गर्ने चलन छ। कति भने आफन्त जम्मा भएर घरमै फागु खेल्ने गर्छन् ।

काठमाडौँ उपत्यकामा केही वर्षअघिसम्म पानीका लोलाले बटुवालाई लुकेर हान्ने समेत गरिन्थ्यो । तर, प्रशनसनको कडाइका कारण यो प्रवृत्तिमा भने पछिल्ला वर्षमा कमी आएको छ ।

स्थानीय प्रशासनले कसैको सहमति बिना रङ्ग दल्न, पानी छ्याप्न तथा रङ्गको घोल कसैमाथि छ्याप्न वा खन्याउन प्रतिबन्ध लगाइएको जनाएको छ । यदि त्यसो गरेमा कारवाही गरिने समेत चेतावनी स्थानीय प्रशासनले दिएको छ ।

फागुपर्वसँगै सांस्कृतिक र पौराणिक आख्यान जोडिएका छन् । भगवान विष्णुका भक्त प्रह्लादलाई दण्ड दिन बाबुु हिरण्यकश्यपले आगोले केही नोक्सान नगर्ने बरदान पाएकी बहिनी होलिकासँगै प्रह्लादलाई आगोको ज्वालामा राख्दा उल्टैै होलिका जलेकी तर प्रह्लाद सकुशल रहन सफल भएक‍ किंवदन्ती छ ।  यसैकारण यो पर्वलाई असत्यकी प्रतीक होलिकाको नाश भई सत्यका प्रतीक प्रह्लादको जीवन बँचेको आधारमा यो पर्वलाई होली समेत भन्ने गरिन्छ ।

नेपालको तराईमा भने भोलि होली मनाउने चलन छ ।

Facebook Comments