परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

प्रेम जाम र ट्राफिक जाम

चट्याङ-प्रहार

प्रेम जाम र ट्राफिक जाममा फस्नु उस्तै उस्तै
फसेपछि जसको पनि हालत् उस्तै उस्तै
न अगाडि बढ्ने ठाउँ छ न पछाडि सर्ने
वरिपरि जसलाई हेर उदास उस्तै उस्तै ।

आफ्नै बाहन घाँडो हुन्छ न टोक्नु न बोक्नु
भालुको कान समाए झैँ समाउनु न छोड्नु
झोंक चल्छ, रिस उठ्छ कोसँग त्यो पोख्नु ?
निरीह सब अनुहार निराश उस्तै उस्तै ।

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

छोड्छाड गरी हिँडौँ भने खुल्ला भन्ने आस
खुल्दै नखुल्ने पो हो कि, त्यो पनि त्रास
समातेर बसौं बेकार, बसौँ कति बेर ?
ट्राफिक जाम र प्रेम जाम दुवै उस्तै उस्तै ।

Facebook Comments