परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

शीर्षस्थ रौँ

चट्याङ–प्रहार

निधारदेखि गर्दनसम्म, कानको सीमा कन्चटसम्म
यति चार किल्ला जति रौँ आउँछ, नाम कपाल भनी कहलाउँछ
शरीरमा बिचरा अरु रौँ पनि छन्, कपाल सामु छैन सरि छन्
रौँ नै हो तर उच्चासनमा बसेपछि सबको ध्यान कपालमा ।

 

उठी बिहानै पहिलो काम, यहि रौँलाई हातले छाम
धोई पखाली गर चाकडी, यसकै लागि ऐना अगाडि
यसरी मिलाउँ कि उसरी मिलाउँ ? यसलाई राम्रो कसरी बनाउँ ?
काइयो लाउँ सुम्सुम्याउँ, तेल–पानीको मालिस लाउँ ।

 

दिनभरि जे जे काम गरिन्छ, कामै रोकी पनि छामिन्छ
केही काम छैन जाबो रौँ यो, तैपनि चाकडी मागिरहन्छ
यसकै चाकडी गर्ने पेशा, हजाम उता छ तयार हमेशा
अरु शरीरका काम लाग्ने रौँ, लुके नसकी हेर्न तमासा ।

 

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

थरिथरिका तेल, थरिथरि काइँयो थरिथरि ऐना हेर्नै चाहियो
अरु रौँ लुक्दा गुम्सी गन्हाउँछन्, कपाललाई चैं बासना चाहियो ।
यत्रो चाकडी गरी गरी पाल्दा, कति झोंक चल्ला त्यही रौँ झर्दा ?
जत्ति चाकडी कपाल पाउँछ, त्यै कपाल चै झर्न सुहाउँछ ?

 

बिचरा दाह्री कति ज्ञानी छ ! जति काटे पनि आइरहन्छ
शीर्शस्थभन्दा ऊ तलको छ, सधैं उम्रनु उसको बल छ
अरु बिचरा रौँ आ–आफ्नो ठाउँ, बेवास्ता सही बसी रहन्छन्
बैगुनी चुत्थो मात्या कपाल, चाकडी खाँदै झर्दै जान्छन् ।

 

न काइँयो, न तेल, न ऐना, न मालिस छ, वास्तै छैन
तैपनि अरु रौँ बसिरहन्छन्, जीवन लिला नसकेसम्म
शीर्षस्थ यो बैगुनी रौँ ? झर्छ, जान्छ केही नभनी
तैपनि किन हो मानिस मूर्ख, शीर्षस्थकै गर्छ चाकडी !

Facebook Comments