परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

माघ ११ गते, शुक्रबार ।
नेपाली कांग्रेसले विरोध गर्दागर्दै पनि प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।
चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर पुस २५ गतेदेखि साह्रौं अनसनमा रहनुभएकाका चिकित्सक डा. गोविन्द केसीले प्रधामन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्नुभएको समाचार थाहाखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।
सरकारले शुरु गरेको अभियानअन्तर्गत हालसम्म ६३ जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको समाचार गोरखापत्र अनलाइनमा प्रकाशित छ ।
कर्णाली प्रदेशको हुम्ला र जुम्लामा हवाइ भाडामा छुट दिनका लागि एक करोड विनियोजन गरिएको समाचार लोकान्तर अनलाइन माचार पोर्टलमा प्रकाशित छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका पुर्व सल्लाहकार रोजर स्टोन शुक्रबार पक्राउ पर्नुभएको सञ्चार माध्यमहरूले जनाएका छन् । स्टोनमाथि झुटो वक्तव्य बनाएको, प्रक्रियागत कामहरुमा अवरोध गरेको, प्रमाणहरू विगारेकोलगायतका आरोप लगाइएको छ ।

Facebook Comments