परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

माघ १२ गते, शनिबार ।
वल्र्ड इकोनमिक फोरमको कार्यक्रमबाट फर्किंदै गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने नेविसंघका नेतालाई प्रहरीले पक्राउ गरेको समाचार थाहाखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।
मोटरसाइकल चोरी गरेको अभियोगमा तीनजना भारतीय नागरिक बाराबाट पक्राउ परेका समाचार पनि थाहाखबर अनलाइन समाचार पोर्टलमा नै प्रकाशित छ ।
एक दिवसीय र टी २० सेरिज खेलका लागि संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहेको नेपाली राष्टिय क्रिकेट टिमले शनिवार भएको एकदिवसीय श्रृखलाको दोस्रो खेलमा प्रतिस्पर्धी घरेलु टिमलाई १४५ रनको विशाल अन्तरले पराजित गरेको समाचार पनि आशान्युज अनलाइन समाचार पोर्टलमा नै प्रकाशित छ ।
झापाको भद्रपुर नगरपालिका–९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शंकास्पद अवस्थामा मृत भेटिनुभएको समाचार लोकान्तर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।
बजार मूल्यभन्दा पन्ध्र गुणा कम मूल्यमा पनि विचौलिया दलालहरुले लगाएको तरकारी नउठाएपछि पूर्वी चितवनका एक तरकारी किसानले आफ्नो तरकारीबारीमा डोजर लगाएको समाचार अनलाइनखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।
ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा रहेको बाँध भत्किदा कम्तीमा सात जनाको मृत्यु भएको समाचार बाह्रखरी अनलाइन समाचार पोर्टलमा प्रकाशित छ । शुक्रबार बिहान भएको घटनामा परी अरु नौ जना घाइते भएका र १५० भन्दा बढी बेपत्ता भएका समाचारमा जनाइएको छ ।

Facebook Comments