परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

माघ १० गते, विहीबार ।
सशस्त्र द्वन्द्वकालका मानव अधिकार उल्लंघनकर्तालाई उन्मुक्ति दिने गरी सरकारले विधेयक ल्याउने तयारी गरेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।
राजधानीको धुम्मिएको मौसम अझै दुई दिन नखुल्ने र बाक्लो हुस्सुले काठमाडौंमा हवाई उडान प्रभावित भएको समाचार नेपालखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।
बागलुङको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई सामान्य भनाभनमै कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको समाचार नेपालखबर अनलाइन समाचार पोर्टलमा नै प्रकाशित छ ।
हिमपातसँगै बढेको चिसोले पश्चिम र पूर्वी नेपालका हिमाली तथा पहाडी जिल्लाको जनजीवन प्रभावित भएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।
दाङमा चालू आर्थिक वर्ष २०७५÷०७६ का लागि आएको विकास वजेटमध्ये एक तिहाइमात्र खर्च भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।
अर्बौंका ९९ ठूला आयोजनामा गम्भीर लापरबाही भइरहेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।
डोल्पामा सरकारी अस्पतालमा उपचार गर्न पुगेका बिरामीलाई निजी अस्पतालमा औषधि किन्न बाध्य पारिएको समाचार थाहाखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।
प्रदेश नं. २ को सरकारले छोरी जन्मेमा एक लाख रूपैयाँको बीमा गरिदिने भएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।
सडक निर्माणमा लापरबाही भइरहेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
भेनेजुयलाका विपक्षी नेता खुआन गोइदोले आपूmलाई अन्तरिम राष्ट्रपति घोषणा गरेकोमा त्यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मान्यता दिनुभएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments