परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

माघ ४ गते, शुक्रबार ।
इलाममा अनासनरत डा. गोविन्द केसीको स्वास्थ्य बिग्रँदै गएपछि उहाँलाई मध्यरातमा काठामाडौं ल्याइएको सञ्चार माध्यमहरूले जनाएका छन् ।
सरकारले सुशासनको नारा दिएपछि बेरुजु बढेर ५३ अर्ब पुगेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।
सुनकाण्डमा पाँचजना न्यायाधीश जिम्मेवारी मुक्त हुनुभएको सञ्चार माध्यमहरूले जनाएका छन् ।
नेपालमा पानीजहाज सञ्चालनका लागि प्रक्रिया शुरु भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।
सरकारले कोशी र नारायणी नदीमा पानीजहाज चलाउने निर्णय गरेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चोभारमा बन्न लागेको बन्दरगाहबाट बहुआयामिक प्रतिफल प्राप्त हुने बताउनुभएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।
नेपालीले स्वीस बैंकमा गरेको बचत र विदेशमा गरेको शंकास्पद लगानीको विषय प्रधानमन्त्री कार्यालयकै कार्यक्षेत्रभित्र पर्ने अर्थ मन्त्रालयको भनाइ रहेको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सबै स्थानीय तहमा संयोजक भर्ना प्रक्रिया शुरु भएको समाचार नेपालखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।
बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप सवारी दुर्घटनामा घाइते हुनुभएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments