परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

माघ ३ गते, विहीबार ।

नैनसिंह महर नेतृत्वको नेपाल विद्यार्थी संघको कार्यकाल सकिए पनि तेस्रो पटक पार्टीले म्याद थपेको भन्दै नेविसंघभित्रको असन्तुष्ट समूहले सभापति शेरबहादुर देउवा निवासमा धर्ना दिएका समाचार सेतोपाटी अनलाइन पोर्टलमा प्रकाशित छ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुङ्गाना र त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा डा. गोविन्द केसीको अनसनमा ऐक्यबद्धता जनाउन इलाम जाने क्रममा रहनुभएको समाचार पनि सेतोपाटी अनलाइन पोर्टलमा नै प्रकाशित छ ।

नजी क्षेत्रको हवाइ सेवा सञ्चालक श्री एयरलाइन्सले अन्तर्र्रािष्ट्रय उडानका लागि सरकारसँग अनुमति माग गरेको समाचार  छ ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ को मालढुङ्गामा यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत जाजरकोट सडकको अवस्था नाजुक रहेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

संघीय सरकारले कार्यान्वयन गर्ने योजनामा विकास बजेट खर्चको अवस्था निराशाजनक रहेको समाचार कारोबार दैनिकमा नै प्रकाशित छ । चालू आर्थिक वर्षको ६ महिना बित्दासमेत संघीय सरकारले कार्यान्वयन गरिरहेका योजनामा १४ प्रतिशत मात्रै विकास बजेट खर्च भएको समाचारमा जनाइएको छ ।

सवारी दुर्घटना न्यूनीकरणको गर्ने  सङ्खुवासभामा सवारी चालकको सडकमै आँखा परीक्षण  गरिएको समाचार थाहाखबर अनलाइन पोर्टलमा प्रकाशित छ ।

स्थानीयको अवरोधका कारण लामो समयदेखि अन्योलमा परेको काठमाडौंको चोभारस्थित सुख्खा  बन्दरगाह शिलान्यासका क्रममा बिहीबार स्थानीबासी र प्रहरीबीच झडप भएको समाचार पनि थाहाखबर अनलाइन पोर्टलमा नै प्रकाशित छ ।

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन माघ चार गतेदेशि शुरु हुने भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments