परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

माघ ५ गते, शनिबार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्विजरल्यान्डको डाबोसमा विश्व आर्थिक मञ्चको बैठकमा हुन माघ ६ गते त्यसतर्पm प्रस्थान गर्नुहुने भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।
प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदको शुक्रबार बोलाइएको बैठक स्थगित गरिएको थाहाखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।
निर्माणाधीन राष्ट्रिय गौरवको परियोजना अरुण तेस्रो जलविद्युत आयोजनाको काम १५ प्रतिशत सम्पन्न भएको समाचार पनि थाहाखबर अनलाइन समाचार पोर्टलमा नै प्रकाशित छ ।
राजधानीको बालाजुस्थित महानगरीय प्रहरी वृत्तमा गत साउनयता मात्र ५२ बालबालिका हराएको उजुरी परेको वृत्तको महिला तथा बालबालिका शाखाले जनाएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।
निर्मला पन्तको बलात्कार र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने मुख्य प्रमाण भनिएको डीएनए परीक्षणको प्रक्रिया नै त्रुटिपूर्ण भएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले देशभरका दलित, मुस्लिम र विपन्न वर्गका विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिने कार्यक्रमअन्तर्गत आवेदन दिनेहरूको प्रवेश परीक्षासम्बन्धी तालिका सार्वजनिक गरेको समाचार नेपालखबर अनलाइन समाचार पोर्टलमा नै प्रकाशित छ ।
पाँच महिनामा लगभग छ खर्ब व्यापार घाटा भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल तथा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले रोकिएको मलेसियाको रोजगार खुलाउन सरकारसँग माग गरेको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

Facebook Comments