परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

माघ ६ गते, आइतबार ।

सरकारले आफैंले घोषणा गरेको मितव्ययी नीतिविपरीत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र कर्मचारीलाई यसै महिनादेखि सय प्रतिशत प्रोत्साहन भत्ता दिने भएको समाचार थाहाखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

विभिन्न मुलुकका लागि नयाँ राजदूत नियुक्ति प्रक्रिया अघि बढेसँगै नवनियुक्त राजदूतहरुलाई कूटनीतिक आचारबारे तालिम दिइने भएको समाचार थाहाखबर अनलाइन समाचार पोर्टलमा नै प्रकाशित छ ।

डोटीको शिखर नगरपालिका–१० वनलेकस्थित चामेको कुण्ड नजिक मृतावस्थामा फेला परेको पाटे चितुवा गोली लागी मृत्यु भएको पुष्टि भएको समाचार नेपालखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको समाचार कारोबार दैनिकको अनलाइन संस्करणमा प्रकाशित छ ।

राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा अवलोकनकर्ताको भीड लागेको समाचार पनि कारोबार दैनिकको अनलाइन संस्करणमा नै प्रकाशित छ ।

Facebook Comments