परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

माघ ७ गते, सोमबार ।
कलाकार गणेश न्यौपाने ‘मुनाल’ को ६८ को उमेरमा निधन भएको समाचार छ । मुनालले प्रेमयुद्ध, दिदीबहिनी, मिस्टर डन, सेतो बाघलगायत चलचित्र तथा ‘तितो सत्य’लगायतका टेलिश्रृङ्खलामा अभिनय गर्नुभएको समाचारमा जनाइएको छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पाँचधारे पोखरी संरक्षणको अभावमा जीर्ण बनेको गोरखापत्र अनलाइनमा प्रकाशित छ ।
कृषिमा ठूला व्यवसायी घराना आउन नसकेको आरोप लागिरहेका बेला गोल्यान ग्रुपले प्रदेश १ र २ मा कृषि क्षेत्रमा लगानी बढाउने योजना बनाएको समाचार नेपालखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

माघ ८ गते, मंगलबार ।
प्रदेश नं. ५ को राजधानी बुटवल बनाउन नेकपाभित्र हस्ताक्षर अभियान शुरु भएको समाचार अनलाइन अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।
भूमि व्यवस्था तथा सहकारी कार्यदलको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह गरिएको समाचार गोरखापत्र अनलाइनमा प्रकाशित छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्याय परिषद् सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको समाचार पनि गोरखापत्र अनलाइनमा नै प्रकाशित छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा धर्ना दिँदै आएका मानवअधिकार तथा शान्ति समाजका २१ अभियानकर्मी पक्राउ परेका सञ्चार माध्यमहरूले जनाएका छन् ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा गए रातिदेखि हिमपात शुरु भएको समाचार छ ।
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको मालिका गाउँपालिकाका सबै वडामा हेलिकप्टर अवतरण गर्ने स्थान (हेलिप्याड) निर्माण भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Facebook Comments