परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

पुस २६ गते, विहीबार ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँका भारतीय समकक्षी सूक्ष्मा स्वराजबीच दिल्लीमा भेटवार्ता भएको समाचार अनलाइनखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिमा गुमेको भूभाग फिर्ता हुनुपर्ने माग राख्दै हस्ताक्षर अभियान शुरु गरेको समाचार पनि अनलाइन समाचार पोर्टलमा नै प्रकाशित छ ।
हवाइ इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँले घटेको समाचार थाहाखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।
नेपाल भ्रमणमा रहनुभएका जापानी विदेशमन्त्री कानो तारोले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी त्यहीँ आफ्नो जन्मदिवस मानाउनुभएको समाचार पनि थाहाखबर अनलाइन समाचार पोर्टलमा नै प्रकाशित छ ।
वाइडबडी विमान खरिद प्रकरणमा मुछिएकाहरूलाई सरकारले तत्कालका लागि कारबाही नगर्ने भएको समाचार सेतोपाटी अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।
पुस २७ गते मनाइँदै आएको राष्ट्रिय एकता दिवसका अवसरमा सार्वजनिक बिदा दिन राप्रपाले सरकारलाई दबाब दिएको समाचार पनि सेतोपाटी अनलाइन समाचार पोर्टलमा नै प्रकाशित छ ।
कृषि अनुदानमा व्यापक दुरुपयोग भएको जनगुनासो बढेपछि सरकारले कृषि अनुदानमा पुनःमूल्याङ्कन गर्ने भएको समाचार कारोबार दैनिकको अनलाइन संस्करणमा प्रकाशित छ ।
धितोपत्र बजारमा आजदेखि सेयर मूल्यमा सामान्य सुधार आएको समाचार पनि कारोबार दैनिकको अनलाइन संस्करणमा नै प्रकाशित छ ।
गण्डक नहरमा भारतले ढिलो गरी पानी छाडेकाले बारा, पर्सा र रौतहटमा यस वर्ष गहुँखेती प्रभावित हुने भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।
Facebook Comments