परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

पुस २७ गते, शुक्रबार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माणका नायक भनेर चित्रण गर्नुभएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।
त्रिभुवन विश्वविद्यालयको जमिन अतिक्रमण भइरहेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।
जापानी विदेशमन्त्री तारो कोनोले प्रतिपक्षी दललाई नभेटेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।
डोल्पाको डोल्पोबुद्ध गाउँपालिका—५ का वडा अध्यक्ष कार्मा गुरुङ मूर्ति चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको समाचार थाहाखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।
काठमाडौं उपत्यकाको सडकमा रहेका घरबारविहीन व्यक्तिहरूलाई उद्दार गरी सेल्टरमा राखिएको समाचार द राइजिङ नेपाल अंग्रेजी दैनिकमा प्रकाशित छ ।
मलेशियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठाउन ढिलाइ गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मापदण्ड पठाउन पत्राचार गरको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।
प्रधान सेनापति पूर्णचन्द्र थापा भारतका थल सेनाध्यक्ष विपित रावतको औपचारिक निमन्त्रणामा भारत जानुहुने भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Facebook Comments