परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

पुस २५ गते, बुधबार ।

जिल्ला मालपोत कार्यालय चितवनका लेखा अधिकृत रिठ्ठे दर्जी एक करोड ७१ लाख रूपैयाँ हिनामिना गरी बेपत्ता भएको समाचार चक्रपथ अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

नगरबासीमा आकाशे पुलको प्रयोग गर्ने बानी वृद्धि गर्नका लागि काठमाडौँ महानगरपालिकाले सप्ताहव्यापी कार्यक्रम अघि सारेको समाचार पनि चक्रपथ अनलाइन समाचार पोर्टलमा नै प्रकाशित छ ।

डडेल्धुराको भागेश्वर गाउँपालिकाले छाउपडी प्रथा अपनाएको पाइएमा सेवा सुविधा कटौती गर्ने निर्णय गरेको समाचार थाहाखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

वैदेशिक रोजगारीका सिलसिलामा युएइ पुगेका ५७ प्रतिशत नेपाली मदिरा सेवनका कारण जेल जीवन बिताउन बाध्य भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

भारत विश्वकै तीवतर आर्थिक वृद्धि भइरकेको देशको सूचीमा परेको विश्व बैंकले जनाएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

आफ्नो माग पूरा गर्न माग गर्दै डा. गोविन्द केसी आजदेखि १६ औं पटक अनसन बस्नुभएको समाचार छ ।
बाजुराको एक छाउगोठमा आगलागी हुँदा दुई छोरासहित आमामको मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

लोकसेवा आयोगले राजपत्रअनङकित प्रथम श्रेणी नायव सुब्बा र सो सरहको पदका लागि एक सय ९३ सिटका लागि विज्ञापन खोलेको समाचार अनलाइनखबर समाचार पोर्टलमा नै प्रकाशित छ ।

Facebook Comments