परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

  • २०७५ मंसिर ३ गते, सोमबार ।

आज हरिबोधिनी एकादशी । विष्णुको प्रतीक मानिने तुलसीको विवाह तथा पूजाअर्चना गरी हरिबोधिनी एकादशी मनाइँदैछ ।

वाइड बडी विमान खरिद गरेको प्रमाण सरकारसँग नरहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रदेश नं. ५ ले एक वर्षमा एक अर्बको गाडी खरिद गरेको समाचार पनि अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

आजदेखि सरकारले राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु गरेको समाचार छ ।

चिकित्सा क्षेत्रको सुधारको माग गर्दै पन्ध्रौं पटक अनसन बसिसक्नुएका डा गोविन्द केसीलाई छातीमा अत्यधिक दुखाइ भएपछि अस्पताल भर्ना गरिएको समाचार छ ।

खस भाषाको उत्पत्ति स्थल मानिने सिञ्जा सभ्यता नेपालको पर्यटकीय गन्तव्य बनेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश सीमानामा पर्ने छ सय ८० मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजना विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

अदालतको पैmसला नटेर्नेले अब सार्वजनिक सेवा नपाउने भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

थुप्रै अनुसन्धानमूलक कृतिका कृतिकार त्रिभुवन विश्वविद्यालयका पूर्वरेक्टर प्राडा कमलप्रकाश मल्लको ८३ वर्षको उमेर अमेरिकाको एटलान्टामा मंसिर १ गते निधन भएको खबर छ ।

Facebook Comments