परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ मंसिर २ गते, आइतबार ।

सरकारले १८ करोड खर्च गरेर सेनामार्पmत राष्ट्रपति विद्या भण्डारीका लागि विलासी गाडीको सेट नै खरिद गर्ने भएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

माथिल्लो अरुण जलविद्युत आयोजना तीन वर्षभित्र निर्माण शुरु गर्ने गरी तयारी गरिएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

देशमा चौबीस घण्टाको अवधिमा भएको १० सवारी दुर्घटनामा छजनाको मृत्यु भएको समाचार अनलाइन खबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

सामाजिक सञ्जाल विकृतिग्रस्त बन्दै गएको खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

वीर अस्पतालमा पाँच सय कर्मचारी अवैधानिक किसिमले नियुक्त भएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

पूर्वउपसभामुख पूर्णकुमारी सुवेदी दम्पतीले आफ्ना एकल जेठी बुहारीलाई छोरी बनाएर विवाह गरिदिनुभएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

जनकपुर—जयनगर रेलसेवा डेढ महिनाभित्र सञ्चालनमा आउने खबर गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मुगुको रारा नगरपालिकालाई देशकै पहिलो मदिरा निषेधित नगरपलिका घोषणा गरिएको समाचार छ ।

गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको समाचार छ ।

कर विवादका कारण दुई सय ५० कपडा उद्योग बन्द भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

Facebook Comments