परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ मंसिर ११ गते, मङ्गलबार ।

नेपाल आयल निगमले इन्धन चोरी गर्नेमाथि ठगी अभियोगमा मुद्दा चलाउने भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

सरकारले मंसिर १० गतेदेखि रोजगारमा आधारित सामाजिक सुरक्षा योजना शुरु गरेको समाचार कारोबार दैनिकमा प्रकाशित छ । यही प्रयोजनका लागि रोजगारदाताबाट २० प्रतिशत तथा ११ प्रतिशत रकम कोषमा जम्मा गरिने भएको समाचारमा जनाइएको छ ।

महालेखा परीक्षकको कार्यालय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको चलअचल सम्पत्तिमाथि छानबिन अघि बढाएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने महिलाको संख्या बढेको समाचार अनलाइनखबर समाचार पोर्टलमा प्रकाशित छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा तीन सय ४१ जना महिला मापसे कारबाहीमा परेको समाचारमा जनाइएको छ ।

दाङको राप्ती गाउँपालिका—५ सिसहनियाँस्थित प्रभात बचत तथा सहकारी संस्था लिमिटेडको ६६ करोड हिनामिना गरेको आरोपमा प्रहरीले संस्थाका संस्थापक व्यवस्थापक रमिता चौधरीलाई पक्राउ गरेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।
सरकारले १७ सहसचिवसहित एक ८९ जना कर्मचारीको सरुवा गरेको समाचार लोकान्तर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

सिरियामा सरकारी सेना र विद्रोहीबीच भीडन्त हुँदा दुई सयको मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments