परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ कात्तिक १६ गते, शुक्रबार ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट आज डिस्चार्ज हुने सम्भावना रहेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।
संवैधानिक प्रावधानसँग बाझिने गरी नागरिकता ऐन संशोधन गर्न बनेको विधेयकमा संशोधन दर्ता भएको समाचार पनि गोरखापत्र दैनिकमा नै प्रकाशित छ ।

प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेल र भौतिक पूर्वाधार मन्त्री केशव स्थापितबीच विवाद भएको समाचार आएको पृष्ठभूमिमा सातै प्रदेशका मन्त्रिपरिषदमा किचलो भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय दिन बितिसक्दा पनि अनुसन्धान निष्कर्षविहीन भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यो वर्ष नेपालको इतिहासमै सर्वाधिक धान उत्पादन हुने प्रक्षेपण गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

स्याफ्रुबेसी–सडक स्तरनोन्नतिका चीनले साँढे पाँच अर्ब रूपैयाँ अनुदान दिने समाचार भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट प्रभावित सबै दोलखाबासी शेयरधनी भएको समाचार कारोबार दैनिकमा नै प्रकाशित छ ।

स्याङ्जामा पहिलो प्याराग्लाइडिङ विश्वकप शुरु भएको उज्यालो रेडियो नेटवर्कले जनाएको छ ।

नेपाल र मलेशियाबीच श्रम समझदारी भए पनि त्यसलाई तत्काल कार्यान्वयनमा ल्याउन कठिन भएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

राजपा कार्यालयका कार्यरत १२ जना कर्मचारी आर्थिक अनियमिततामा आरोपमा बर्खास्त भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments