परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ कात्तिक १५ गते, विहीबार ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता राउत आफ्नै श्रीमान्को हस्ताक्षर र औठाछाप कीर्ते गरेको आरोपमा उदयपुरमा पक्राउ पर्नुभएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

ओशो तपोवनले शिवपुरी—नागर्जुन राष्ट्रिय निकुञ्जको जमिन अतिक्रमण गरेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।
मध्य भोटेकोशी जलविद्युत कम्पनीले एक अर्ब ४४ करोड साधारण शेयर बिक्री गर्ने भएको उज्यालो रेडियो नेटवर्कले जनाएको छ ।

पानी नपरेकाले राजधानीलगायतका घनबस्ती भएका शहरी क्षेत्रमा वायुप्रदूषण बढ्दै गएको पनि उज्यालो रेडियो नेटवर्कले नै जनाएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री र सांसदको तलब क्रमशः ६० र ४५ हजार रूपैयाँ प्रस्ताव गरिएको समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ डाँडाखर्कका २१ वर्षीया खगीसरा कुँवर उपचारको नाममा आपूmलाई झाँक्री बताउने रामबहादुर (रितबहादुर) थापाबाट निर्घात कुटिनुभएको समाचार अन्नपूर्ण पोष्टमा नै प्रकाशित छ ।

व्यवसाय गर्नका लागि नेपाल दक्षिण एशियाकै चौथो लगानीमैत्री मुलुक भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई पदबाट हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

भारतको केरला राज्यमा ९६ वर्षीया एक महिलाले साक्षरता परीक्षामा १०० पूर्णाङ्कमा ९८ अङ्क प्राप्त गरेको रोचक समाचार भारतीय अखबार द हिन्दूमा प्रकाशित छ ।

धौलागिरि हिमालको आधारशिविरतर्पm जाँदै गर्दा डेढ महिनादेखि बेपत्ता हुनुभएका भरिया कर्मा तामाङको शव भेटिएको समाचार छ ।

सिरियामा एकै ठाउँमा १५ सय जनाको सामूहिक चिहान भेटिएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

Facebook Comments