परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ असोज २२ गते, सोमबार

पाँच वर्षको अवधिमा भएको ७९ हजार दुर्घटनामा ११ हजार मानिसको मृत्यु भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

निर्मला पन्त हत्या प्रकरणबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रहरीमाथि नै थप छानबिन गर्नुपर्ने सुझावसहित प्रतिवेदन बुझाएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

सशस्त्र द्वन्द्वकालका अपराधलाई उन्मुक्ति दिइन्न भनेर प्रधानमन्त्री शर्मा ओलीले व्यक्त गर्नुभएको अभिव्यक्तिलाई अखबारहरूले उच्च प्राथमिकताका साथ छापेका छन् ।

स्वतन्त्र मधेशको वकालत गर्दै आएका सीके राउत रौतहटबाट पक्राउ परेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

गण्डकी प्रदेशले पर्यटन, जलस्रोत र कृषिलाई मुख्य प्राथमिकता दिने समाचार छ ।

अनौपचारिक अर्थतन्त्रको रूपमा नेपालबाट तीन खर्ब भारतमा जाँदा त्यहाँबाट एक खर्ब रूपैयाँ भित्रिने गरेको समाचार कारोबार दैनिकमा प्रकाशित छ । औपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्स बढेर सात खर्ब ५५ अर्ब पुगेको छ ।

यातायात व्यवस्था विभागले भारतको जेएम मोटर्स्द्वारा तीनपाङ्ग्रे सवारीलाई इञ्जिन क्षमताको मापदण्डविपरीत दर्ता गराउन भूमिका खेलेको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

ट्राभल नेपाल बस सर्भिसेसले पहिलो पटक काठमाडौंदेखि पर्यटकीय स्थल लुम्बिनीसम्म बससेवा शुरु गरेको समाचार छ ।

सरकारी विभाले सहकारी संस्थाको लेखापरीक्षण निर्देशिका, २०७५ जारी गरेपछि नेपाल चर्टर्ड अकाउन्टेन्टस् संस्था (आइक्यान) ले त्यसको वैधानिकतामाथि प्रश्न उठाएको छ ।

मनसुन सकिनासाथ चिसो बढेको समाचार राजधानीमा दैनिकमा प्रकाशित छ ।

सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष पदमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको सञ्चार माध्यमहरूले जनाएका छन् ।
अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका अध्यक्ष मेङ हङवेइ चीनबाट पक्राउ पर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । पक्राउ परेपछि उहाँले पदबाट राजीनामा दिनुभएको छ । मेङ सम्पर्कविहीन अवस्थामा रहनुभएको थियो ।

Facebook Comments