परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नर्सिङ्ग नाऊ अभियान नेपालमा पनि

विश्वभरिका स्वास्थ्य संस्थाहरूमा काम गर्ने सबैभन्दा धेरै जनशक्ति (५०%) नर्स छन् । नर्सले घरदैलो कार्यक्रमदेखि अस्पतालका सघन उपचार केन्द्रसम्म धानेका भएता पनि त्यसको यथोचित मुल्याङ्कन नहुनुका साथै सही रूपमा ब्यबहारमा ल्याइएको छैन, जसलाई नर्सहरूले दुर्भाग्यको रूपमा स्विकार्नु नै पर्छ । त्यसै कारणले गर्दा विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय नर्सिङ्ग परिषद्ले नर्सहरूको सशक्तीकरणको अवधारणा ल्याएका हुन् । जबसम्म नर्सको ज्ञान र सिपमा परिवर्तन आउँदैन, तबसम्म Universal Health Coverage (UHC) पूरा हुन् सक्दैन । त्यसैले विश्वभरि नै नर्सको सशक्तीकरणको कुरा  युद्धस्तरमा अगाडि बढेको छ । यस अभियानलाई मनन् गर्दा विश्वमा ७०% महिलाहरू नर्सिङ्ग र सामाजिक सेवामा संलग्न छन् । त्यसैले यो अभियानको त्रिपक्षीय फाइदा हुन्छः १. उत्तम स्वास्थ्य  २. लैंगिक समानता र ३. मजबुत आर्थिक अवस्था ।

विश्व स्वास्थ्य सङ्घका विज्ञहरूले नर्स जिउँदो मान्छेको रगत जस्तो हो भन्ने संज्ञा समेत दिएका छन् र गुणस्तरीय उपचारको मेरुदण्डको रूपमा लिएको उदाहरण समेत पाइयो  ।  अन्तर्राष्ट्रिय नर्सिङ्ग परिषद्का वर्तमान अध्यक्ष्यले विश्वभरि नर्सहरूलाई विश्वास गर्दै भनेका छन्- नर्सलाई उच्च ओहदा दिई सबैको समान अधिकारको  कदर गरौँ अन्तर्राष्ट्रिय नर्सिङ्ग परिषदले  १३० देशहरूलाई सदस्यता दिएको छ  । त्यसमध्ये नेपाल  नर्सिङ्ग सङ्घ एक सदस्य हो । नेपाल नर्सिङ्ग सङ्घ यस अभियानमा भाग लिने १७ औँ  देश हो ।

यो अभियान नेपालका लागि अति उपयुक्त ठानेर नेपाल नर्सिङ्ग सङ्घ र नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखा, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको “उत्कृष्ट स्वास्थ्य सेवाका लागि नर्सहरूको सशक्तीकरण” नाराका साथ यो कार्यक्रम अगाडि बढाउने अठोट लिएको छ ।

यस कार्यक्रमका मुख्य उदेश्यहरू यस प्रकार छन्- १. नर्सहरूका विद्यमान समस्याहरूको पहिचान गर्ने, २. विभिन्न तह र क्षेत्रमा  काम गर्ने नर्सहरूलाई विभिन्न समूह बनाएर उहाँहरू काम गर्ने प्रदेशमा नै तालिमको व्यवस्था मिलाउने, ३. म्यानेजरहरूमा व्यवस्थापन सम्बन्धी सिपको विकास गर्नुका साथै लविङ्ग/पहल  गर्ने तरिकालाई समेत विशेष जोड दिने, र ४. अनुसन्धानमा आधारित प्राक्टिस, प्रमाणका लागि  अनुसन्धान समेत गर्ने  ।

यो अभियान हाँक्नका लागि साधन र स्रोतको आवश्यकता पर्दछ । त्यो कुराको कमी भएको हुँदा  नेपाल नर्सिंग सङ्घ र नर्सिङ्ग तथा सामाजिक महाशाखाका लागि ठूलो चुनौती समेत बनेको छ । यसका लागि विभिन्न तह तप्कासम्म पुग्ने प्रयास जारी छ । नर्सिङ्गको स्वाभिमान बढाउने उद्देश्यहरू पक्कै पूरा हुने कुरामा
आशावादी छौँ ।

यो तीन वर्षे अभियान भएको हुँदा प्रथम वर्षमा विधिवत् उद्घाटन स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले उद्घाटन गर्नुभयो । यस सत्रकी उद्घोषिका नर्सिङ्ग महासङ्घकी महासचिव श्रीमती लक्ष्मी के. सी. हुनुहुन्थ्यो । त्यस सभालाई स्वागत गर्ने काम नेपाल नर्सिङ्ग सङ्घकी वरिष्ठ उपाध्यक्ष श्रीमती गंगा थापाबाट भयो । त्यसैगरि, यस अभियानका बारेमा विस्तृत प्रस्तुति नेपाल नर्सिङ्ग सङ्घकी उपाध्यक्ष तथा ‘नर्सिङ्ग नाऊ अभियान’ की संयोजक प्रा. डा. तारा शाह (म आफैँ) ले गर्नुका साथै नेपाल सरकारको नयाँ खाकाको विशेष जानकारी श्रीमती रोशनी तुई तुईले दिनुभयो । यस्तैगरी यस सभाको अर्का अतिथि नेपाल नर्सिङ्ग परिषद्की अध्यक्ष प्रा. गोमा निरौला श्रेष्ठले ‘नर्सिङ्गको गुणस्तर परिषद्का लागि एक चुनौती’ भन्ने बिषयमा प्रकाश पार्नुभयो । अन्तमा  नेपाल नर्सिङ्ग सङ्घकी अध्यक्ष तथा यस कार्यक्रमकी सभाअध्यक्ष प्रा. तारा पोखरेलले ‘नर्सिङ्गको आवाज सुनिएन, मन्त्रालयमा भएको दरबन्दी समेत काटेर नर्सलाई अपहेलना गरेको’ भन्दै उद्घाटन समारोहको पहिलो सत्रलाई  समापन गर्नुभयो ।

यसका साथै उद्घाटन समारोहको दोस्रो सत्रमा विभिन्न विषयका विज्ञहरूलाई आमन्त्रित गरी गुणस्तरीय सेवाका लागि मूल आधारहरू (उपभोक्ता संरक्षण सम्बन्धी विशेष जानकारी, सञ्चार गर्ने उपयुक्त तरिकाहरू, नर्सको सुरक्षाका लागि नयाँ कानूनी व्यवस्था, गुणस्तरीय शिक्षा र सेवा आदि इत्यादि विषयहरूमा)  बृहत् छलफल गरियो । यस सत्रमा विशेष छलफल (Moderator) गराउने काम संयोजकका हैसियतले म आफैँले गरेकी थिएँ ।

छलफलका क्रममा सबैलाई महसुस भएअनुसार “communication skills, ethics and legal aspect, etc.” मा २ देखि ३ दिनको तालिम तत्कालै दिनुपर्ने कुरामा समेत जोड दिइयो, यो विषय पूर्वयोजनामा समेत रहेको कुरा यस कार्यक्रमका संयोजकबाट प्रस्तुत गरियो . दोस्रो वर्षमा बृहत् सिपमूलक तालिमहरू जस्तै: Therapeutic Communication, Counseling, Implementation of Nursing Process,  Triage, BLS, Care of geriatric people, Family care process for continuity of care,  Care of vulnerable groups such as women’s health issues & child health issues, technical updates & clinical mentoring, capacity building of school health nurses, Disaster preparedness & risk reduction, Health Promotion of adolescence, Leadership development & policy advocacy, इत्यादि समेत गर्ने प्रतिबद्धता जनाउनुका साथै तेस्रो वर्षमा मुल्याङ्कन, पृष्ठपोषण र अन्तर्राष्ट्रिय सम्मेलन आदि गरी गुणस्तरीय नर्सिङ्ग सेवाका लागि मार्गदर्शन (Road-map)  तयार पार्न सकिने प्रतिबद्धता जनाइयो ।

अन्तर्राष्ट्रिय सङ्घ, संस्थाहरूसित काँधमा काँध मिलाई काम गर्न पाउनु सुनौलो अवसर हो । तर, यो अभियान हाँक्नका लागि साधन र स्रोतको आवश्यकता पर्दछ । त्यो कुराको कमी भएको हुँदा  नेपाल नर्सिंग सङ्घ र नर्सिङ्ग तथा सामाजिक महाशाखाका लागि ठूलो चुनौती समेत बनेको छ । यसका लागि विभिन्न तह तप्कासम्म पुग्ने प्रयास जारी छ । नर्सिङ्गको स्वाभिमान बढाउने उद्देश्यहरू पक्कै पूरा हुने कुरामा आशावादी छौँ ।

 (लेखक प्रा. डा. तारा शाह नेपाल नर्सिङ्ग सङ्घकी उपाध्यक्ष तथा ‘नर्सिङ्ग नाऊ अभियान’ की संयोजक हुनुहुन्छ)

Facebook Comments