परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ असोज १९ गते, शुक्रबार 

संघीय संसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकिलो ६३ रूपैयाँ तोक्न सरकारलाई निर्देशन दिएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

सरकारले चिनी आयातमा लगाएको परिमाणात्मक प्रतिबन्ध खुलाउने तयारी गरेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।
यसैबीच, सरकारले चिनी आयातमा लगाएको प्रतिबन्धले पहिल्यै एलसी खोलेर नेपाल भित्रिएको  चिनी वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा अलपत्र परेको समाचार पनि दैनिकमा नै प्रकाशित छ ।

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली भारतबाट पक्राउ पर्नुभएको समाचार छ ।

पूर्वराजा वीरेन्द्र र उनको परिवारजनको नाममा भएको सम्पत्ति व्यवस्थापन गर्न गठित नेपाल ट्रष्टले राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको नाममा अहिलेसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति फेला समाचार नागरिक दैनिकमा प्रकाशित छ ।
सुस्ताको अतिक्रमित भूमिमा भारतले बाटो बन्द गरेपछि सुस्ताबासी राजधानी आएर सरकारको ध्यानाकर्षण गर्दा पनि समस्या समाधानमा ध्यान नदिइएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

आज दिउँसोका लागि बोलाइएको नेपाली कांग्रेस कार्यसमितिको बैठक स्थगन भएको समाचार छ ।

सुर्खेतबाट हुम्लाका लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले आफ्ना फाइदालाई लक्षित गर्दै हुम्लातर्पmको उडान घटाउँदै पूर्वमा उडान भर्न शुरु गरेपछि यात्रु मर्कामा पर्न थालेको समाचार छ ।

बैकहरूले असोजको दोस्रो सातामात्रै १९ अर्ब बराबरको कर्जा प्रवाह गरेको समाचार छ ।

दशैंको मुखमा नागढुङ्गा पिपलामोड खण्डको सडकमा बेलुका आठ बजेदेखि बिहान पाँच बजेसम्म सवारी आवगमन रोकी सडक मर्मत गर्दा यात्रु मर्कामा परेको गुनासो बढेपछि सडक मर्मतको समयमा हेरफेर गर्ने तयारी गरेको समाचार छ ।

Facebook Comments