परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ असोज १७ गते, बुधबार

वीरगञ्ज महानगरपालिकाले सडक अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काउने काम शुरु गरेको समाचार छ ।

यसैबीच, वीरगञ्ज महानगरपालिकाको  स्वामित्वमा रहेको जग्गा  अनधिकृत रूपमा कब्जा गरी आठ वर्षदेखि तरकारी थोक बजार सञ्चालन हुँदै आएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रदेश नं. ३ को सरकारले कृषिका लागि माटो परीक्षणका लागि १३ वटै जिल्लामा मोबाइल भ्यान सञ्चालन गर्ने तथा पाँच स्थानमा विषदि अवशेष परीक्षण प्रयोगशाला स्थापना गर्ने तयारी गरेको समाचार कारोबार दैनिकमा नै प्रकाशित छ ।

प्रदेश सरकारले सरकारले बनाएका कतिपय नियम–कानुनलाई लिएर प्रदेश सरकार र स्थानीय सरकारबीच दूरी बढ्दै गएको समाचार कारोबार दैनिकमा नै प्रकाशित छ ।

सुरक्षा व्यवस्थालाई मजबुद बनाउने अभिप्रायले काठमाडौ महानगरपालिकाले नगर क्षेत्रभित्र एक हजार आठ स्थानमा सीसीटीभी क्यामरा जडान गर्ने भएको समाचार छ ।  यसअघि नेपाल प्रहरीले तीन सय ५० स्थान सीसीटीभी क्यामरा जडान गरिसकेको छ ।

काठमाडौंकोे गोठाटारका  आठ वर्षीय बालकको अपरहण भएको सञ्चार माध्यमहरूले जनाएका छन् । अपहरित बालकको नामलगायत थप जानकारी आउन बाँकी रहेको छ ।

पर्याप्त तयारी नगरीकन तथा वस्तुस्थिति नबुझिकन चिनी आयातमा कोटा तोकिएकाले चिनीको मूल्य आकाशिएको संसदको लेखा समितिले सरकारलाई आरोप लगाएको समाचार छ ।

राजधानीको ल क्याम्पसमा एलएलबी तहमा भर्ना हुने विद्यार्थीको संख्या १२ हजार पुगेको समाचार छ । एकै वर्षमा यति धेरै विद्यार्थी भर्ना भएको यो पहिलो अवसर भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

कालाजार रोग तराईबाट पहाडतिर सरेको समाचार छ । पछिल्लो नौ महिनामा यस रोगबाट पहाडी जिल्लामा यस रोगबाट चारजनाको मृत्यु भएको समाचार छ ।

कैलालीको अत्तरिया चोकमा राजधानीबाट प्रकाशित केही राष्ट्रिय समाचारपत्रहरू अज्ञान समूहले जलाएको समाचार छ ।

आइसीसी विश्व ट्वेन्टी–ट्वेन्टी एशिया छनोट बीअन्तर्गतको खेलमा नेपालले म्यान्मारलाई आठ विकेटले पराजित गरेको समाचार छ ।

२०७५ असोज १५ गते, सोमबार

शान्ति सेनाको मिसनमा जर्नेलको कोटा खारेज भएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रदेश नं. ७ को राजधानीको विषयलाई लिएर धनगढीमा प्रदर्शन भएको प्रसंगमा अघि सार्दै बाघ आवतजावत गर्ने ठाउँ (गोदावरी) मा राजधानी बनाउन लागिएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

सरकारले वार्षिक वार्षिक एक लाखभन्दा बढी रोजगार सिर्जना गर्ने योजनालाई सुनिश्चित गर्न विकास बजेटको कम्तीमा २० प्रतिशत रकम रकम रोजगार प्रवद्र्धनमा खर्च गर्ने प्रस्ताव अघि सारेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

सरकारी कर्मचारीलाई दशैं भत्ता वितरण गर्न साढे ६ अर्ब रूपैयाँ निकासा हुने समाचार छ ।

यस वर्ष एक हजार चार सय ९२ मिलिलिटर वर्षा भएको र अब केही दिनमै नेपालबाट मनसुन बिदा हुन लागेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

कृषि, सरकारी तथा प्राकृतिक स्रोत समितिले चाडपर्वमा खाद्यान्न अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको समाचार छ ।

निर्मला पन्त हत्या प्रकरणमा मुछिएका व्यक्तिहरूको डीएनए प्रहरी प्रयोगशालामा गरिएकोमा आमसञ्चार माध्यमहरूमा आलोचनात्मक अभिव्यक्ति आएका छन् ।

भ्रष्टाचार लुकाउन यातायात व्यवस्था कार्यालय पर्साका कर्मचारीले फाइल गायब बनाएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

सरकारले निर्देशनबमोजिम १६ हजार अश्लील साइटहरू बन्द गरिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

 

Facebook Comments