परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ असोज १५ गते, सोमबार 

शान्ति सेनाको मिसनमा यसअघि नेपाली सेनाका जर्नेलहरूले पाउँदै आएको कोटा खारेज भएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रदेश नं. ७ को राजधानीको विषयलाई लिएर धनगढीमा प्रदर्शन भएको प्रसंगमा अघि सार्दै बाघ आवतजावत गर्ने ठाउँ (गोदावरी) मा राजधानी बनाउन लागिएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

सरकारले वार्षिक वार्षिक एक लाखभन्दा बढी रोजगार सिर्जना गर्ने योजनालाई सुनिश्चित गर्न विकास बजेटको कम्तीमा २० प्रतिशत रकम रकम रोजगार प्रवद्र्धनमा खर्च गर्ने प्रस्ताव अघि सारेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

सरकारी कर्मचारीलाई दशैं भत्ता वितरण गर्न साढे ६ अर्ब रूपैयाँ निकासा हुने समाचार छ ।

यस वर्ष एक हजार चार सय ९२ मिलिलिटर वर्षा भएको र अब केही दिनमै नेपालबाट मनसुन बिदा हुन लागेको सञ्चार माध्यमहरूले जनाएका छन् ।

कृषि, सरकारी तथा प्राकृतिक स्रोत समितिले चाडपर्वमा खाद्यान्न अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको समाचार छ ।
निर्मला पन्त हत्या प्रकरणमा मुछिएका व्यक्तिहरूको डीएनए प्रहरी प्रयोगशालामा गरिएकोमा आमसञ्चार माध्यमहरूमा आलोचनात्मक अभिव्यक्ति आएका छन् ।

भ्रष्टाचार लुकाउन यातायात व्यवस्था कार्यालय पर्साका कर्मचारीले फाइल गायब बनाएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

सरकारले निर्देशनबमोजिम १६ हजार अश्लील साइटहरू बन्द गरिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Facebook Comments