परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ असोज १४ गते, आइतबार 

नेपालको क्षेत्रफल एक लाख ४७ हजार एक सय ८१ वर्गकिलोटिर भए पनि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्याङ्कमा एक लाख ३७ हजार एक सय ६२ वर्गकिलोमिटरमात्र देखिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र अर्का स्थानीय आयुष विष्टको डीएनए परीक्षण मेल नखाएको रिपोर्ट आएपछि निर्मला पन्त हत्या प्रकरण झन रहस्यमय बन्दै गएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा नै प्रकाशित छ । उता, दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै कञ्चनपुरमा आन्दोलन पुनः शुरु भएको समाचार छ ।

दशैंका लागि उपत्यकाबाट स्थलमार्ग हुँदै बाहिरिनेको संख्या पाँच लाख ६० हजारभन्दा बढी पुगेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

कामका लागि मलेशिया जाने कामदारसँग म्यानपवर कम्पनीले सेवा शुल्कसमेत लिन नपाउने गरी शून्य लागत रोजगारको व्यवस्था हुने लागेको समाचार पनि वकारोबार दैनिकमा नै प्रकाशित छ । म्यानपवर कम्पनीले कामदारसँग बढी शुल्क लिएपछि यस्तो व्यवस्था गरिएको हो ।

नेपाल विद्युत प्राधिकरणका २६ लाख उपभोक्ताले अब अनलाइनमार्फत  विजुलीको बिल भुक्तानी गर्न पाउने भएको समाचार छ ।

चालू आर्थिक वर्षको दोस्रो महिनामा नेपालको व्यापार घाटा ४५ प्रतिशतले बढेको समाचार छ ।

घर लिप्ने माटो लिन जाँदा माटोको ढिस्कोले पुरिएर दाङको राप्ति गाउँपालिका मौरीघाटका तीनजनाको मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

बाग्लुङ र पर्वत जिल्लालाई जोड्न कालीगण्डकी नदीमाथि नेपालकै लामो पुल बन्न लागेको समाचार छ । पुलको लम्बाइ पाँच सय ५६ मिटर हुनेछ ।

Facebook Comments