परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ असोज २ मंगलबार

  • प्रदेश नं. २ को सरकारले असोज ३ गतेलाई राज्यकोषकै खर्चमा कालो दिवस मनाउने भएको समाचार राजधानी दैनिकमा प्रकाशित छ । संविधान दिवसलाई कालो दिवसको रूपमा मनाउनेमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता दलको पनि समर्थन रहने जनाइएको छ ।

 

  • सरकारले विप्लव समूहसँग अनौपचारिक वार्ता शुरु गरेको तर स्वतन्त्र मधेशको पक्षमा रहेका सिके राउत समूहलाई वार्ताका लागि पत्राचार नगर्ने भएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ । विप्लव समूहले पक्राउ परेका आफ्ना कार्यकर्ताहरूलाई विनासर्त रिहा गर्नुपर्ने सर्त राखेको समाचार छ । सरकारले विद्रोही समूहलाई भदौ २५ गते पत्रकार सम्मलेन आयोजना गरी वार्तामा आउन आग्रह गरेको थियो ।

 

  • भारतीय सेनाका सेनापति विपिन रावतले भौगोलिक कारणले पनि नेपाल र भूटान भारततिर ढल्कनुपर्ने बताउनुभएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

  • भारतले विष्फोटक पदार्थको आयातमा नेपाललाई लगाएको अघोषित नाकाबन्दी कूटनीतिक पहलपछि फुकुवा भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

  • एक महिना अघि हत्या गरिएका पूर्वराजदूत केशव झाकाका भान्से सानुकान्छा तामाङलाई अपराध कबुल गर्न प्रहरीले चर्को यातना दिएको समाचार कान्तिपुर दैनिकमा छाएिको छ । तामाङले आफुमाथि अन्याय भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएपछि यो घटना बाहिर आएको हो ।

 

  • इलामको लेकाली भेगमा उत्पादित सिलटिमुर युरोपेली बजारमा निर्यात हुन थालेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • सरकारले असोज १ गतेदेखि विद्युतीय माध्यमबाट राजस्व भुक्तानी प्रक्रिया शुरु गरेको समाचार कारोबार दैनिकमा नै प्रकाशित छ । २०७४ साल फागुन १४ गते राजस्व भुक्तानीको व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

 

  • नेपाल आयल निगमले पेट्रलको मूल्य प्रतिलिटर दुई रूपैयाँ र डिजेल र मट्टितेलको तीन-तीन रूपैयाँ बढाएको छ । यसअघि निगमले भदौ २० गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

 

  • यस वर्ष मुगुको छायानाथ रारा नगरपालिकामा स्याउको उत्पादन ७० प्रतिशतले घटेको समाचार छ । अघिल्लो वर्ष त्यहाँ १५ मेट्रिक तन स्याउ उत्पादन भएकोमा चार मेट्रिक टनमात्र निर्यात भएको थियो ।

 

  • यसैगरी, जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएपछि मुस्ताङको स्याउ गोदाममै कुहिन थालेको समाचार छ ।

 

  • शिक्षा मन्त्रालय अन्तर्गत रहेको परीक्षा नियन्त्रण कार्यालय (पनिका) खारेज भएको छ । पनिकाको जिम्मेवारी परीक्षा नियन्त्रण बोर्डले वहन गर्नेछ । वि.सं. १९९० मा पनिका स्थापना भएको थियो ।

 

  • दक्षिण सुडानमा शान्ति स्थापनार्थ खटिएका एक सैनिक जवानलाई गोली लागेको समाचार छ ।

 

  • बाराको परवानीपुर गाउँपालिकामा रहेको साबुन उद्योगमा आगलागी हुँदा करिब पाँच करोड बराबरको क्षति भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।
Facebook Comments