परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ २६ मंगलबार

  •  सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त हुनुभएको छ । संसदीय सुनुवाइ विशेष समितिले नाम सिफारिस गरेकै दिन उहाँ प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको हो ।

 

  • नेपाल र चीनबीच उर्जा क्षेत्रमा सहयोग आदान प्रदानका लागि गठित उर्जा संयन्त्रको पहिलो बैठक आउँदो ११ र १२ गते काठमाडौंमा हुने समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • सरकारले विप्लव र राउतसहित २३ वटा विद्रोही समूह पहिचान गरी वार्ता प्रक्रिया अघि बढाउन लागेको समाचार छ ।

 

  • कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणको छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिका एक सदस्य वीरेन्द्र केसीले राजीनामा दिनुभएको छ । प्रदेश नं. ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहनुभएका केसीले सुरक्षाको कारण देखाई राजीनामा दिनुभएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

  • खाँदबारी नगरपालिका-९ स्थित तुम्लिङटारमा लिफ्टिङ प्रणालीबाट अरुण नदीको पानी तानेर सिंचाइको व्यवस्था गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ । सिंचाइ डिभिजन कार्यालय संखुवासभाले करिब एक करोड रूपैयाँको लगानीमा यस्तो व्यवस्था गरेको हो ।

 

  • साक्षर जिल्ला घोषण गरिए पनि लमजुङमा अझै आठ प्रतिशत नागरिक निरक्षर भएको तथ्याङ्क सार्वजनिक भएको      छ । २०७२ साल असार ३१ गते लमजुङलाई सत्रौं साक्षर जिल्ला घोषणा गरिएको थियो ।

 

  • गण्डकी प्रदेश मासु, दूध र अण्डामा आत्मनिर्भर रहेको समाचार छ ।

 

  • नक्कली एटीएम कार्ड बनाएर अरूको पैसा निकालेको अभियोगमा तीनजना भारतीय र दुईजना नेपाली पक्राउ परेको समाचार छ ।

 

  • रौतहटको माधवनारायण नगरपालिकाका वडा ६ वडा अध्यक्षकै मिलोमतोमा सामाजिक सुरक्षा भत्तावापत नौ लाखभन्दा बढी रकम हिनामिना भएको पाइएको छ ।
Facebook Comments