परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ १८ सोमबार

  • त्रिभुवन विश्वविद्यालय दलीय भर्ती केन्द्र बनेको फेहरिस्तसहितको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

  • कृषि तथा पशुपंछी विकास मन्त्रालयले चालू आर्थिक वर्षका कार्यक्रम कार्यान्वयन गर्न भदौभित्र आवश्यक सबै कार्यविधि निर्माण तथा परिमार्जन गर्ने भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • अमेरिकी डलरको तुलनामा नेपाली रूपैयाँ हालसम्मकै कमजोर हुँदा महङ्गी बढ्ने सम्भावना रहेको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ । अमेरिकी डलरको खरिद तथा बिक्र दर क्रमशः ११३.२९ र ११३.८९ रहेको छ ।

 

  • मुलुकी अपराध संहिता संशोधन गर्नुपर्ने माग राख्दै चिकित्सकहरू आन्दोलनमा उत्रँदा देशभर स्वास्थ्य सेवा प्रभावित भएको छ ।

 

  • कोटेश्वर-सूर्यविनायक सर्भिस ट्र्याक निर्माण भएको दुई वर्ष नबित्दै बिग्रिएको समाचार छ ।

 

  • २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त धराहराको पुनःनिर्माणका लागि आह्वान गरिएको ठेक्काको आर्थिक प्रस्ताव आठ पटक स्थगत भएपछि फेरि खुल्ला गरिएको छ ।

 

  • सर्वोच्च अदालतले ३० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक झोला प्रतिबन्ध गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

 

  • अर्को एक फैसलामा सर्वोच्च अदालतले मतदान गर्न पाउनु नागरिकको हक भएको बताउँदै विदेशमा रहेको सम्पूर्ण नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन आदेश दिएको छ ।

 

  • जाकर्ताको गेलोरा बुङ कार्लो रङ्गशालामा अठारौं एशियाली खेलकुद प्रतियोगिता (एशियाड) भदौ १७ गते समापन भएको छ ।

 

  • रियो द जेनरियोमा रहेको दुई वर्ष पुरानो संग्रहालय ‘नेसनल म्युजियम अफ ब्राजिल’ मा आगलागी भएको बीबीसीले जनाएको छ ।
Facebook Comments