परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

भोट दिउँ गधालाई

कसैले मेरो ढोका ढकढकायो
खोल्दा घरमा नेता आयो
भैंसी जस्तो शरीर उसको, गलामा फूलको माला
अघिपछि डन उसका कोही भतिजा कोही साला
मलाई एक्लै पाई नेता मुस्कुरायो
मानौँ स्यालले एक्लो खरायो समायो ।

मैले हात जोड्नुअघि नेताले नै हात जोड्यो
मैले सलाम गर्नुअघि उसैले पोे नमस्कार ठोक्यो
नसुनेको कहिल्यै नदेखेको बिपरीत हुँदै आयो
अड्कल काटें– कि चुनाव आयो, या त ऊ बहुलायो ।

मैले पुरानै पाठ कण्ठ थियो सुनाएँ–
स्वागत छ, सवारी होस्, लौ पाल्नुहोस्
मेरो जे छ यहाँ सबै मनमाफिक तपाइँकै हो,
जे चाहियो अर्पण छ, खुसीसाथ लैजानुहोस् ।

यो सुनेर नेताजीले दुईटा दाँत देखाए
त्यो देखेर उसका डनहरूका पूरै बत्तिसी उदाए ।

अनि नेता उवाच–
के तपाईंलाई थाहा छ ?
मैले डाइरेक्ट लुट्न छोडिदिएँ
इन्डाइरेक्ट यो मोड लिएँ
चुनावमा उम्मेदवारी दिएको छु
अहिले म त तपाइँलाई लुट्न होइन
केवल भोट माग्न आएको छु ।

अन्य आकर्षणहरू

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

बिर्सनुको मजा !

कति लुट्नु गाउँका झुपडीहरू ?
कति भुकाउनु गाउँका कुकुकरहरू ?
यो भन्दा त इन्डाइरेक्ट देशै लुटेर
टिभीमा पत्रकारहरूबीच देखिन्छु बरु ।

नेताको कुरा मलाई राम्रो लाग्यो
आफ्नो सुरक्षाको आस जाग्यो
सोचें– यसलाई त जसरी पनि जिताउनैपर्छ
यसलाई गाउँबाट भगाउनैपर्छ
ऊ सुहाउँदो चुनाव चिन्ह पनि रहेछ
गधा छापमा मत खसाउनैपर्छ ।

नेताका लागि भोट माग्न मन लाग्यो मलाई
घर घरमा डुलेँ रोई कराई–
भोट दिउँ यो लिच्चड गधालाई
जिताउँ जिताउँ हाम्रो नेतालाई !

Facebook Comments