परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बिर्सनुको मजा !

चट्याङ-प्रहार

बिर्सनुको मजा हेर्नोस, सधैँ सप्पै कुरै नयाँ
हिजो भेटयो, हिजै बिस्र्यो, घरकी पत्नी नयाँ नयाँ
नयाँ नयाँ सुहागरात छन्, छोराछोरी नयाँ नयाँ
नयाँ नयाँ छ जिन्दावाद, मुर्दावाद नयाँ नयाँ ।

 

नयाँ नयाँ सधैँ क्रान्ति, क्रान्तिकारी नयाँ नयाँ
नयाँ नयाँ सहिद ओहो, विधवा टुहुरा नयाँ नयाँ
नयाँ नयाँ व्यवस्था छ, संविधान छ नयाँ नयाँ
बिर्सनुको मजा हेर्नुस् सधै सप्पै कुरा नयाँ ।

 

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

नयाँ नयाँ सधै मन्त्री, प्रधानमन्त्री नयाँ नयाँ
नयाँ नयाँ सधै हाकिम घुस रेट नयाँ नयाँ
नयाँ नयाँ सधैँ भाषण घोषणा छन् नयाँ नयाँ
बिर्सनुको मजा हेर्नुस् सधैँ सप्पै कुरा नयाँ ।

Facebook Comments