परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

 हे ईश्वर, पैसा खेर नफाल 

चट्याङ-प्रहार

उहिले-उहिले हामीलाई लाग्थ्यो

नेतामाथि हामीले ब्यङ्ग्य कस्नुपर्छ

ड्याम्म हानेर खुत्रुक्कै पार्नुपर्छ

बल्ल हामी होशमा आउँदै छौँ

हामीले त नेताको सुस्वास्थ र दिर्घायुको कामना गर्नुपर्छ

उनीहरूका लागि हामीले बिहान-बिहान प्रार्थना गर्नुपर्छ।

 

हाम्रा कुनै पनि नेतालाई जब कुनै रोग लाग्छ

स्वदेशमा उपचार गराओस् कि विदेशमा

त्यसको उपचार खर्च तपाई-हामीले नै बेहोर्नुपर्छ

हामीले नै सरापेर बिरामी परेकाको

उपचार खर्च पनि हामीले नै बेहोर्नुपर्दा कम्ता पीर पर्छ ?

 

उहिले-उहिले नेता बिरामी परेको सुन्दा

त्यस्तो समाचार दिनदिनै सुनिरहन पाइयोस् जस्तो लाग्थ्यो

एउटाको बारे सुनेको समाचार

अर्कोको लागि पनि थप भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

बिर्सनुको मजा !

एक दिन बिदाको पनि आश जाग्थ्यो

आफ्नै पैसाको बचत भयो भन्ने पनि लाग्थ्यो

हाम्रै पैसाले उपचार गरेर सद्दे भएर फर्केको सुन्दा

कुनामा बसेर एक्लै घ्वाँघ्वाँ रुन मन लाग्थ्यो

 

त्यसैले आजभोलि बिहान-बिहान नेताको सुस्वास्थको कामना गर्छु

हाम्रो पैसा उसले खाने क्रम रोक्न नसके पनि

त्यसको उपचार खर्छ त बचोस् भन्ने ध्याउन्न गर्छु

अनि हाम्रा नेताको सधैँ सुस्वास्थ र दिर्घायुको कामना गर्छु

 

बिहान बिहान नुहाई धोई चोखो हुन्छु

चोखै लुगा लगाएर सङ्ख घण्ट बजाउँदै प्रार्थना गर्छु

“हे ईश्वर ! कि हाम्रा नेतालाई बिरामी नै नपार

बिरामी नपारी हुँदैन भने फेरि बिसेक नपार

तर पहिले बिरामी पार्ने पछि विसेक पार्ने गरेर

गरिब जनताको पैसा बेकार नफाल !

Facebook Comments