परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अभिलाषा

कविता

जिन्दगीको रङ जस्तै

कतै कतै राग थियो ।

अल्झी हिँड्छु कहाँ कहाँ

पुग्नु पर्ने भाग थियो ।

 

चैतेमास खडेरीले

जिन्दगीको पात झर्यो ।

बौरी हिँड्न सकिएन

भित्र कतै आत्मै मर्यो ।

 

पूर्व झुल्के बिहानीले

मनको सानो दैलो खोल्यो ।

खुसी अब मिल्ला झैँ

बिहानीको शीतले बोल्यो ।

 

घाम जब डुब्दै थियो

जिन्दगीमा साँझ पर्यो ।

मनका सारा अभिलाषा

त्यसै त्यसै ओझेल भयो ।

 

किरणसँगै घाम पनि

अन्य आकर्षणहरू

जीवनको रङ्ग

आमाको आशीर्वाद

बृद्धाश्रम

माथिमाथि चढ्दै थियो ।

आशाका ती जीजिबिषा

लमक लमक बढ्दै थियो ।

 

छोरा छोरी बन्धु बान्धव

टाढा झनै टाढा भए।

उनीहरुको सम्झना नै

झन्झन् किन गाढा भए?

 

एक्लै हास्ने कोशिस गर्छु

खाली रोदन हात पर्ने।

भ्रम हो यो मायामोह

गरे जस्तो गर्नु पर्ने ।

 

सजाएको ताजमहल

पात झैँ भुईँमा झर्यो ।

लौन मलाई बुढेसकालमा

कस्तो कस्तो आपत पर्यो ।

 

 

 

 

Facebook Comments