परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मास्कले गर्नु गजब गरिगो !

रूप कुरूप अब बराबरी भो,
नेप्टे, चुच्चे, दाँत उछिट्टे,
समावेसी भो सराबरी भो
मास्कले गर्नु गजब गरिगो ।

 

कसरी छुट्टयाऊँ आफ्ना, पराइ ?
नेता, डाँका, सज्जनलाई ?
एउटा जस्तो छ, अर्को छ उस्तै,
मास्क र अनुहार बराबरी भो
मास्कले गर्नु गजब गरिगो ।

 

टुलुटुलु हेर्दछन् दईटा आँखा,
के हो आँखाको त्यो भाका ?
आँखा ठूलो त्यो तरेको पो हो कि,
आँखै उसको ठूलो हो कि ?
कसरी छुट्टयाउँ क्रोध र मोह ?
शत्रु र मित्र बराबरी भो,
भ्रान्तिमाथि थपियो भ्रान्ति,
शान्ति र क्रान्ति सराबरी भो !
माक्सले गर्नु गजब गरिगो ।

 

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

टाउको चिनूँ कि पखेटा चिनूँ म ?
मानिस भँगेरो चिने सरि भो
रूप वर्णन गर्नु कसरी ?
भाले–पोथी बराबरी भो !
निली, कलेजी कि त्यो काली,
बुट्टा धर्का कि छिर्बिरेवाली ?
कसको रूप सजाउँ मनमा ?
मानिस मास्क बराबरी भो !

 

कसरी नाक देखाउँ समाजमा ?
प्रश्न थियो यो अब मरिगो
नाक काटिए पनि अब पीर छैन,
नाककट्टा पनि नाक हुने सरि भो
कसरी नाक ठाडो राख्नु ?
ठाडो निहुर्या बराबरी भो
नाक जाला अब चिन्तै छैन,
मास्क र नाक बराबरी भो
माक्सले गर्नु गजब गरिगो ।

Facebook Comments