परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

फुलेको जवानी

त्यो कालो जवानी, यो सेतो जवानी

त्यो तनको जवानी, यो मनको जवानी

त्यो सुत्ने तर यो उठाउने जवानी

त्यो कोपिला यो फुलेको जवानी !

 

त्यो तनको जवानी, यो मनको जवानी

त्यो बनको जवानी, यो घरको जवानी

त्यो सिक्ने अनि यो सिकाउने जवानी

त्यो पालुवा यो फुलेको जवानी ।

 

त्यो जाने जवानी, यो बस्ने जवानी

त्यो माग्ने अनि यो दिलाउने जवानी

त्यो भोको अनि यो अघाउने जवानी

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

बिर्सनुको मजा !

त्यो काँचो तर यो फुलेको जवानी !

 

त्यो ठान्ने जवानी, यो जान्ने जवानी

त्यो छान्ने जवानी यो धान्ने जवानी

त्यो जोशको तर यो होसको जवानी

त्यो फलेको तर यो फुलेको जवानी ।

 

त्यो हेर्ने जवानी, यो देख्ने जवानी

त्यो बन्ने अनि यो बनाउने जवानी

त्यो दुईको जवानी यो सबैको जवानी

त्यो पुज्ने अनि यो पुजिने जवानी ।

Facebook Comments