परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

राम्रा बूढा, राम्री बूढी

चट्याङ-प्रहार

उमेर जति जति बढ्दै गयो
बूढाका आँखामा बूढी झन् झन् राम्री देखिन थालिन्
बूढीको आँखामा बूढा झन् झन् राम्रा देखिन थाले ।

 

मोतियाबिन्दुले गर्दा अनुहारको सबै भाग प्रष्ट नदेख्ने रहेछन्
झण्डै आधा अनुहार प्रष्ट देख्ने र आधा अनुहार कल्पना गर्दा रहेछन्
पचास प्रतिशत अनुहार कल्पना गरेजस्तो जोड्न पाए
कसकी बूढी नराम्री देखिएलिन् ?
कसका बूढा नराम्रा देखिएलान् ?
अनि पो एकले अर्कोलाई राम्रो र राम्री देख्दा रहेछन् ।

 

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

कालो रंग दलेको कपाल चम्किएकै छ
हालेको दाँत झल्किएकै छ
सत्र मुजा चाउरी देखिन्न, सम्म भइहाले
अनि त बूढालाई बूढी राम्री र बूढीलाई बूढा राम्रा भइहाले ।

Facebook Comments