परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

छ देशमा विडम्बना

कविता (छन्द: पञ्चचामर)

वि-शुध्द स्वर्ग देश यो हुँदैछ नर्क भाषित
सकिन्न पोल खोल्न नै सबै गरी प्रसारित
हुँदैछ देश यो थिलो विभ्रंश औ विभाजित
प्रचण्ड शण्ड–मुण्ड यी निशुम्भबाट ताडित॥१

 

विदेशको सुरा भयो विशुद्ध कण्ठशोभित
स्वदेश धर्म रीत जो हुने भयो निषेधित
थिचोमिचो र शोषणै छ देशमा सधैँभरी
गरीब छन् बिजोगमा बचाउने कसोगरी?॥२

 

चलेर लूट नै सधैँ भयो समाज आजित
चुलिन्छ शासकै सधैँ हुँदैछ लोक शासित
भए जहान बन्धु औ दलाल मात्र पोषित
तिरेर शुल्क दस्तुरी हुँदैछ लोक शोषित॥३

 

गिरेर न्यायको तुलो रुँदैछ घातमा परि
अन्य आकर्षणहरू

हित कसले चिताए?

हाम्रा सिमानाहरू सर्न थाले

म जन्मेको माटो

निशाको कालो प्रहर

कोरोना र जेष्ठ नागरिक

भएन शासकै कुनै उदार दक्ष यो घरी
बनेर खास रक्षकै उठे जघन्य केशरी
मनुष्यलोक पिल्सिए बिलोसमान बेसरी॥४

 

बजार भाउ उक्लियो चुली छुनै टकाटक
यहाँ छ खाद्यमा सधैँ सरी-वरी मिसावट
दलालको जताततै प्रभाव हुन्छ व्यापक
हुँदैछ बन्धकै यहाँ समाजको सबै हक॥५

 

चुनेर अल्प बुध्दिका हुँदै गए ती प्रेरित
कुशाग्र ज्ञान बुध्दिका सबै भए निषेधित
पुजेर रावणै जहाँ गरिन्छ राम वञ्चित
देशमा विडम्बना जताततै विराजित॥६
Facebook Comments