परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

जोगाऊँ कसरी ?

चट्याङ–प्रहार

अर्को सत्तामा बसेको बेला सुगौली सन्धिका कुरा छोडौँ कसरी ? 

आफैँ सत्तामा बसेको बेला कालापानीका कुरा उठाऊँ कसरी ? 

१ 

कालापानी हाम्रै हो भनौँ भने सरकार पनि हाम्रै हो भनौँ कसरी ?

सरकार हाम्रै हो भनौँ भने कालापानी पनि हाम्रै हो भनौँ कसरी ?

२ 

सत्तो सराप गर्न त जान्याथ्यो हामीले पनि, तर गरौँ कसरी ?

यता सरापौँला उता कुर्सी फुत्किएला, दुइटै जोगाऊँ  कसरी ?

३ 

कुर्सी र कालापानी दुइटै सकिन्न, एउटा कुन चैँ जोगाऊँ कसरी ?

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

राष्ट्रवादी बन्ने अहिलेको दौडादौडमा फेरि सबैलाई पछारौं कसरी ?

४  

नाङ्गो खुकुरी लिएर लिम्पियाधुरा जानेलाई तानौँ कसरी ?

तान्न त मन लाग्छ तर अब त्यो खुकुरी लुकाऊँ कसरी ?  

इतिहासकै बलियो सरकार हो तर बल कहाँ, के देखाऊँ, कसरी ?

जसले उचालेर राखेको हो, उसैले अप्ठेरोमा पार्दा गुहार कसको मागौँ कसरी ?

६ 

 

Facebook Comments