परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

व्यवसायीलाई कर्पोरेट सम्मान 

कर्पोरेट विजनेश म्यागेजिनको दशौं बार्षिक उत्सव

काठमाडौं । कर्पोरेट विजनेश म्यागेजिनले आफ्नो स्थापनाको दशौं बार्षिक उत्सवका क्रममा राजधानीमा  नेपालका महत्वपूर्ण व्यावसाियक व्यक्तित्व लक्ष्मीदास मानन्धरलाई कर्पोरेट लाइफ–टाइम अचिभमेन्ट अवार्डबाट विभुषित गरेको छ।

उक्त सम्मान श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव  तथा आयोजक कर्पोरेट म्यागाजिनका अध्यक्ष उज्ज्वलजंग शाह तथा निर्देशक सुषमा महरा शाहले संयुक्त रुपमा प्रदान गरेका थिए ।

कार्यक्रममा  नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष स्वर्गीय ईश्वरलाल श्रेष्ठमा कर्पोरेट विजनेश मेमोरियल अवार्ड समर्पण गरिएको थियो । त्यसै गरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणालाई कर्पोरेट  एक्सिलेण्ट  विजनेश लिडर अफ द ईअर र नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ललाई कर्पोरेट ईन्फ्लुन्सिङ बिजनेश लिडर अफ द ईअरबाट सम्मानित गरिएको थियो भने  ज्योति ग्रुपका सौरभ ज्योतिलाई कर्पोरेट युथ विजनेश लिडर अफ द ईअरबाट सम्मानित गरिएको थियो ।

त्यसै गरी कार्यक्रममा कर्पोरेट आइकन अवार्डबाट विबेक दुगड (दुगड ग्रुप), शम्भु दाहाल (सिप्रदी ट्रेडिङ),रबि श्रेष्ठ  (निर्माण ब्यवसाय महासंघ), धुर्व थापा  (सिमेन्ट उत्पादक संघ), रमन महतो (रमन कन्ट्रक्सन), कमला श्रेष्ठ (सौन्दर्यविद्) ज्योत्सना श्रेष्ठ (रत्न तथा आभुषण संघ), प्रेमलाल महर्जन (राष्ट्रिय उपभोक्ता मंच) दिल्ली बहादुर सिंह (विद्युत नियमन आयोग) लगायतका लब्ध प्रतिष्ठित व्यतित्वहरुलाई सम्मानित गरिएको थियो ।

बार्षिकोत्सवका अवसरमा  श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले सञ्चार माध्यमहरुले निष्पक्ष ,सत्य र सकारात्मक समाचारलाई प्राथमिकता दिनु पर्ने बताए । मन्त्री यादवले कर्पोरेट बिजनेश म्यागाजिन तथा कर्पोरेट खवर डटकमलाई शुभकामना दिदैं निरन्तर निष्पक्ष र सत्य समाचार उजागर गर्न कटिबद्ध भएर लाग्न आग्रह गरे ।

त्यसैगरि कर्पोरेट विजनेश म्यागाजिन तथा कर्पोरेट खवर डटकमलाई शुभकामना लिदैं नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले मिडियाप्रति कुनै गुनासो र उजुरी गर्नु परे, मिडियाका कारण भएका मानहानी जस्ता मुद्दामा अब अदालत जान नपर्ने बुरा बताए । उनले प्रेस काउन्सिलबाटै छिटो र सहज रुपमा न्याय पाउन सकिने भन्दैं मिडियाहरुले आचार संहिता अनुरुप चल्न सके यस क्षेत्रको साख सधै उच्च रहने बताए ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सञ्चार माध्यममा आएका नकारात्मक समाचारले गर्दा विकाश निर्माणका काममा ढिलाई भएको बताइन् । राणाले अरुण तेस्रो जलविद्युत आयोजना सञ्चार माध्यममै आएका समाचारका कारण २० बर्ष पछि धकेलिएको दावी गरिन् । उनले देशकै अर्थतन्त्रमा ठूलो महत्व राख्ने आयोजनाका बारेमा लेख्दा सञ्चार माध्यमहरु संयमित भएर लेख्नु पर्ने धारणा व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सञ्चार माध्यमले समाचार सम्प्रेषण गर्दा सकारात्मक पक्षलाई स्थान दिदा त्यसको उपदेयता बढने औल्याउदै संचार गृहहरुले सतही हिसाबले  समाचार सम्प्रेसण  गर्दा देशको ब्यवसायीक क्षेत्रले कठिनाइको सामना गर्दै आउनु परेको धारणा ब्यक्त गरे ।

कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंह, युवा ब्यवसायी सौरभ ज्योति, कर्पोरेट म्याग्जिनका सल्लाहकारद्वय प्रेमलाल महर्जन एबम् विप्लवमान सिंहले मन्तब्य धारणाराख्दैं कर्पोरेट बिजनेश म्यागाजिन  तथा कर्पोरेट खवर डटकमलाई शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्जवलजंग शाहले कर्पोरेट बिजनेश म्यागाजिनले  विभिन्न अफ्ठ्यारा र चुनौती पार गर्दै हालको अवस्थासम्म आइपुगेको बताउँदैं कर्पोरेटलाई दशौं बर्षसम्म ल्याइपुर्याउन सहयोग गर्ने सबै प्रति आभार व्यक्त गरेका थिए ।

कार्यक्रममा कर्पोरेट मिडिया ग्रुपकी  निर्देशक सुषमा महराले स्वागत राखेकी थिइन् भने सम्पादक सरोज ओझाले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेश लाल श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ ९बाग्मती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठ, नाडा अटोमोबाइल एशोसियशनका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत विभिन्न कर्पोरेट क्षेत्र सम्बद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

Facebook Comments