परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेल्टा, एक्सेस, हाेम स्टे र मेरो अनुभव

नेपालका अङ्ग्रेजी शिक्षकहरूको एक मात्र आधिकारिक एवं व्यावसायिक संस्था नेपाल इङ्ग्लिस ल्याङ्वेज टिचर्स एशोसिएसन (नेल्टा) ले गरेका विविध क्रियाकलापहरूमध्ये विगत केही वर्षदेखि अमेरिकी दुतावासको सहकार्यमा सञ्चालित कार्यक्रम एक्सेस (इङ्ग्लिस एक्सेस माइक्रो स्कलरसिप प्रोग्राम) का विभिन्न नौ वटा कोहोर्ट्रहरूमध्ये सबभन्दा पछिल्लो नवलपुर केन्द्रको अवलोकन गर्ने मौका मिल्यो । म आफू भाषा र संस्कृतिप्रति चासो लिने भएकाले पनि मलाई नवलपुर जिल्लाको डण्डा बजारबाट दक्षिणको जनता माध्यमिक विद्यालय त्रिभुवनटारमा अवस्थित एक्सेसको अवलोकन गर्दा अङ्ग्रेजी भाषाको बारेमा बढी ध्यान दिने अमेरिकी दुतावास र नेल्टाले नेपालको विविध भाषिक एवं सांस्कृतिक विविधतालाई पनि ख्याल गरेको अनुभव भयो ।

एक्सेसका विभिन्न कोहोर्ट (इकाई) हरूमध्ये नवलपुर कोहोर्ट पोहोर मात्रै सञ्चालनमा आएको हो । सन् २००० मा स्थापित नेल्टा नवलपरासी (तत्कालीन) को सहकार्यमा सञ्चालित यो सेन्टर पूर्व–पश्चिम राजमार्गको लगभग पाँच किमि दक्षिणमा भए पनि यसले समेटेका विविध धार्मिक, सांस्कृतिक र भाषिक विविधताले गर्दा छोटो समयमा निक्कै प्रभावकारी भएको देखियो । नवलपुर एक्सेसमा हाल ४० जना विद्यार्थीहरू (१३–१६ वर्ष) अध्ययन गर्दछन् । नवलपुरका विभिन्न आठवटा सरकारी विद्यालयबाट छानिएका यी विद्यार्थीले दुई वर्षसम्म अमेरिकी सरकारले आफ्नो भाषा, संस्कृति र प्रविधिलाई पहुँच दिन समुदाय र विद्यार्थीहरूका लागि निर्माण गरेको सरलीकृत पाठ्यक्रम पढाउने गर्दछ । विद्यार्थीहरूका नियमित विद्यालय कक्षाहरू बाहेक हप्तामा कम्तीमा पाँच घण्टा विहान वा बेलुका पढाउने यो कार्यक्रमले नेपाल जस्तो विकासोन्मुख मुलुकका धेरै गरिब तथा जेहन्दार छात्रछात्राले अङ्ग्रेजी भाषा, नेतृत्व विकास, समूह कार्य, प्रविधि र सञ्चारको प्रयोग जस्ता विषयमा जानकारी प्राप्त गरी आफूलाई अब्बल बनाउने गरेको देखिन्छ । एक्सेस नेपालमा मात्र नभएर विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा सञ्चालित छ नेपालमा अन्य गैरसरकारी निकायले गर्ने विकासका कार्यहरूभन्दा यो पृथक देखिन्छ । सन् २०११ देखि नेल्टाको सहकार्यमा सुरु भएको यो कार्यक्रमले हाल देशभरका पाँच सेन्टरमार्फत् लगभग २०० विद्यार्थीलाई पढाइरहेको छ । जसमा २० जना शिक्षक, पाँच जना संयोजक र केन्द्रमा अन्य चार जना कर्र्मचारीहरूले काम गरिरहेका छन् । बाहिरबाट हेर्दा सामान्य लाग्ने यो कार्य अमेरिकी सरकारले नेपालमा गरेका विविध कार्यक्रममध्ये सबैभन्दा प्रभावकारी देखिएको छ ।

दुईवटा टिकटका लागि १२० रुपैयाँ तिरेर हामी भित्र प्रवेश ग¥यौँ । महोत्सवमा स्थानीय सामग्रीभन्दा पनि बढी आयातीत सामग्रीहरूको बिक्री वितरण चलेको देख्दा बेकारमा १२० रुपैयाँ खर्च गरिएछ भन्ने लाग्यो ।

गत जनवरी २९ अर्थात् माघ १६ गते म काठमाडौंबाट चितवन जानका लागि दिउँसो २ः३० बजेको बुद्ध एअरको जहाज–तालिका अनुसार १ः३० बजे नै पठाओ मार्फत् त्रिभुवन विमास्थलको आन्तरिक टर्मिनलमा पुगेँ । टर्मिनल पुग्दा भान भयो– नेपालीहरू निकै नै शौखिन र धनी भइसकेछन् लगभग २ बजेतिर बोर्डिङ पास लिएर म भित्री प्रतिक्षालयमा प्रवेश गरेँ । त्यहाँ पनि मानिसहरूको भीड रहेछ । वरिपरि हेरेँ, बस्ने ठाउँ छैन । तर, छेवैमा पोखराको विमान ढिला भएर मास्क लगाई हिँड्दै गरेका समाजशास्त्रका पुराना प्राध्यापक गणेशमान गुरुङ सरलाई भेटेँ र दुई जना एउटा कुनामा गएर आधा घण्टा जति गफियौँ । सर र मैले विशेषगरी त्रिभुवन विश्वविद्यालयको वर्तमान परिस्थिति र गर्न सकिने कामबारे छलफल ग¥यौँ । देशको वर्तमान अवस्था, विमानस्थलमा नेपालीहरूको भीड र बुद्ध, यति लगायतका निजी एअरलाइन्सहरूको मनोमानी देख्दा हाम्रो राष्ट्रिय ध्वजाबाहक नेपाल एअरलाइन्सलाई सम्झिएँ । तर, के गर्ने, हामी आफैँ निरीह भएर कति बेला बोलाउँछन् भनेर कुर्न बाध्य थियौँ ।

म अझै प्रतिक्षामा छु । फेरि एकछिन् मेरा आफ्रनै भाषाविज्ञानका गुरु प्रा. नोवलकिशोर राईसित भेट भयो । गुरुआमा सहित भद्रपुर उड्न बुद्ध एअरको पर्खाइमा बसेका नोवलसरसँग मैले भाषा र भाषा विज्ञानबारे छलफल गरेँ । नेपालमा भाषाहरूको विकास र संरक्षण कसरी गर्न सकिन्छ? भाषा आयोग र सम्बन्धित निकायहरूको भूमिका के हुन्छ? हाम्रा नयाँ र पुराना भाषाविद्हरूको काम, कर्तव्य आदिबारेमा छोटो छलफल गरियो । सधैँ २–४ वटा किस्सा हालेर हँसाउने नोवल सर यसपटक निकै गम्भीर भएको देखेँ । गुरुआमासित सन् २००६ मा सिमलामा भएको हिमाली भाषाहरूको सम्मेलनका बेला भएका रमाइला क्षणहरूको सम्झना गरियो र उहाँहरूलाई पनि भद्रपुरतिर विदा गर्ने मौका मिल्यो ।

लगभग ३ः४० तिर बल्ल भरतपुरका लागि उड्ने विमानतिर प्रस्थान गर्न बसमा जान जानकारी गराइयो । जम्मा २० मिनेटको यात्रा तर साढे तीन घण्टाभन्दा बढीको प्रतिक्षापछि जहाज चढियो । जहाजभित्र चढिसकेपछि दिउँसो १२ः३० देखि सो जहाजको प्रतिक्षामा रहेका स्पेन बस्ने नेपाली मित्र शेखर काफ्लेसित भेट भयो । लगभग दुई दिन लगाएर कतार एअरको लामो ट्रान्जिटमा सालोको बिहेमा चितवन आएका शेखर चिसोका कारणले खुट्टा खोच्याउँदै रहेछन् । विमानस्थलमा नेपाली सिमकार्ड किन्न खोज्दा फोटो र नागरिकता नभएकाले नपाएकोमा चितवन सम्पर्क गर्न सकेका रहेनछन् । विमानभित्रको पर्खाइमा उनले मेरो मोबाइलबाट फोन गरे । यतिबेला मलाई पोहोर अप्रिल महिनामा मेरो बेलायत भ्रमणका बेला मेनचेस्टर विमानस्थलमा पाँच पाउण्डमा तीन पाउण्डको व्यालेन्स सहितको लिवारा फोनको सिमकार्ड प्राप्त गरेको याद आयो । मैले केही नदिइकन त्यो दिन सिम प्राप्त गरेको थिएँ । तर, हाम्रोमा अझै पनि सिमकार्डहरू सजिलै प्राप्त गर्न निक्कै गा¥हो छ । पछि चितवन झरेपछि शेखरजीले मलाई छुट्टै भेटेर धन्यवाद खिए । मैले यो नेपाली विशेषता हो शेखरजी, हामी जो जहाँ भए पनि नेपाली हौँ भनेर विदा भएँ ।

त्यो दिन म चितवनमै बसेँ । पुराना साथीहरू र आफन्तहरू भेट्ने जमर्को पनि थियो । भोलिपल्ट बिहान ६ः३० बजेको बस चढेर म नवलपुरको डण्डाबजारतिर लागेँ । बीचमा नवलपुरमा एक्सेस फोकल व्यक्ति मित्र तीर्थ कँडेल र बुटवलबाट आउँदै गरेका एक्सेस संयोजक कुञ्जरमणि गौतमसित कुराकानी चलिरहेको थियो । लगभग एक डेढ घण्टापछि म डण्डाबजारको गैँडा चोकमा झरेँ । त्यहाँबाट हामीलाई तीर्थ सर र एक्सेस शिक्षक अर्जुन रायमाझी सरले मोटरसाइकलमा त्रिभुवनटार स्थित जनता माविमा लैजानुभयो । विद्यालयको बीचमा रहेको सरस्वती मन्दिरमा सरस्वतीमाताको पूजा–अर्चना कार्यक्रम चलिरहेको रहेछ । हामीले पनि विद्यालयका अरु विद्यार्थी र एक्सेसका विद्यार्थीहरूसँग सरस्वतीमाताको पूजा–अर्चना ग¥यौँ । काठमाडौँका निजी विद्यालय र कलेजहरूमा केक काटेर श्रीपञ्चमीको मनाउने गरेका कार्यक्रमहरू हेरिराखेको मैले यहाँको सरस्वतीपूजा देख्दा आजभन्दा ३५ वर्षपहिले मैले पर्वतमा मेरो स्कूले जीवनमा गरेका पूजा र लड्डु खाएको याद दिलायो ।

त्यसपछि मैले नवलपुर केन्द्रका ४० जना विद्यार्थीहरूले गरेका केही सरस्वती पूजा र अन्य क्रियाकलापहरूका बारेमा जानकारी लिएँ । लगभग दुई घण्टा उनीहरूसित छलफल र व्यक्तिगत अन्तर्वावार्ता लिएपछि हामी खाना खान कावासोती बजारस्थित ग्रीनपार्क होटलमा गयौँ । खानापछि अपरान्ह ४ः३० बजे फेरि एक्सेस सेन्टरमा भेट्नेगरी मित्र कुञ्जरजी र म नवलपुर महोत्सव हेर्न गयौँ । काठमाडौँमा यस्ता महोत्सवहरू नहुने भएकाले मेरा लागि यो महोत्सव बढी जानकारीमूलक लाग्यो । दुईवटा टिकटका लागि १२० रुपैयाँ तिरेर हामी भित्र प्रवेश ग¥यौँ । महोत्सवमा स्थानीय सामग्रीभन्दा पनि बढी आयातीत सामग्रीहरूको बिक्री वितरण चलेको देख्दा बेकारमा १२० रुपैयाँ खर्च गरिएछ भन्ने लाग्यो । केही समय बाल नृतय प्रतियोगिता हेरेपछि हाम्रा आँखा छेवैमा रहेको थारु खाना घरतिर लागे । खासै खान मन त थिएन तर पनि थारु संस्कृति बुझ्ने अभिलाषले हामी त्यहाँ पुग्यौँ । एकछिन् थारुका विशेष परिकारहरू घुँघी, चिचर, माछा आदिको जानकारी लिएपछि हामीले एक÷एक प्लेट माछा र पानी खायौँ ।

त्यसपछि हामी केही छिन् स्थानीय युवाहरूले सञ्चालन गरेको खुल्ला भलिवल प्रतियोगितान हेरेपछि १५० रुपैयाँमा एउटा तीन पाङ्ग्रे लिएर त्रिभुवनटार पुग्यौँ । लगभग अपरान्ह ४ बजे हामी त्यहाँ पुग्दा विद्यार्थीहरू आइसकेका थिए । त्यहाँको स्थानीय चिया खानुप¥यो भनेर हामीले विद्यालयबाहिरका पसलहरू चाह¥यौँ । तर सबै पसलहरूमा चिया र दूध भेटिएन । बरु चिसो पेय पदार्थ, सुकुटी आदि सजिलै प्राप्त हुने रहेछ । लगभग १० मिनेटको प्रयासपछि त्रिभुवनटारको मुख्य चोकमा एउटा छाप्रोमा चिया भेटियो । काठको मुढामा बसेर हामीले चिया पिएपछि स्थानीयहरूले जङ्गल र जङ्गली जनावरहरू बढेको कुरा व्यक्त गरेको सुनियो । यसको मुख्य कारण मान्छेहरूले दाउरा बाल्न छोडिसकेछन् । गाईवस्तु पाल्ने कार्यमा पनि कमी हुन थालेछ । ग्याँसको प्रयोग चुल्होमा हुन थालेपछि जङ्गल मासिने क्रम रोकिएको रहेछ ।

अपरान्ह ४ः३० देखि साँझ ६ः०० बजेसम्म मैले एक्सेस शिक्षकहरूसँगको कक्षा, उनीहरूसित छलफल र जनता माविका प्रधानाध्यापकसितको छलफल एवं अन्तर्वार्ता सिध्याएँ । विद्यार्थी र सरहरूलाई विदा गरेपछि हामी नन्दु महतो सर (एक्सेस) हरूले सञ्चालन गरेको होम स्टेमा बस्नेगरी त्यतातिर लाग्यौँ । २०७६ साल असोज ३० गते उद्घाटन भएको यो नयाँ होम स्टमा १३ वटा थारू घरहरू रहेछन् । जसमा जम्मा २६ वटा सुविधा सम्पन्न कोठाहरू र एउटा लगभग ४०० जना मान्छे अँट्ने सामुदायिक भवन रहेछ । नन्दु सरको होम स्टे नंबर २ भए पनि हामी १२ नंबरमा बस्यौँ । आजसम्म १६०० पाहुनाहरूलाई आतिथ्य गरिसकेको यो होम स्टेमा कुन पाहुना कहाँ बस्ने भन्ने कुरा रोल क्रम अनुसार हुने रहेछ । त्यसैले आफ्नो घरभन्दा लगभग २५ मिनेटको हिँडाइमा नन्दु सर बेलुका अबेरसम्म हामीसँग बस्नुभयो र फर्किनुभयो । त्यो दिन हामीले लोकल कुखुराको सुप र खाना खायौँ ।

भोलिपल्ट बिहान चिचर र चिया खाएर हामी विदा भयौँ । विहानको ८ बजे नै नेल्टा नवलपुरका साथीहरू हाम्रो प्रतिक्षामा बसिरहनुभएको रहेछ । थारु होम स्टेको विदाइ कार्यक्रम र हुस्सुको कारणले गैँडाको पनि डर भएकाले हामी बिहान ८ः३० बजे कावासोती आइपुग्यौँ । नेल्टाका साथीहरूसित आगामाी कार्यक्रमबारे छलफलल गरिसकेपछि कुञ्जरजी फेरि बुटवलतिर लाग्नुभयो भने म बस चढेर भरतपुरतिर आएँ ।

मेरो काठमाडौँको उडान दिउँसो १ः४० बजेको थियो । बीचमा दुई घण्टा समय खाली भएकाले म चितवनको प्रतिष्ठित शैक्षिक संस्था सप्तगण्डकी बहुमुखी क्याम्पसतिर लागेँ । वि.सं. २०५०–५२ मा बी.एड. (अङ्ग्रेजी) को प्रथम ब्याचको विद्यार्थी भएर होला, यो क्याम्पस मेरो सबैभन्दा प्यारो शैक्षिक संस्था लाग्छ । हाल गुणस्तर सुनिश्चितता प्रत्यायन (QAA) प्रमाणपत्र प्राप्त गरिसकेको यो क्याम्पसमा कक्षा ११, १२ देखि स्नातकोत्तर तहसम्म लगभग तीन हजार विद्यार्थी अध्ययन गर्दछन् । हामीले पढ्ने बेलामा नारायणी मा. वि. को कक्षाकोठामा बेलुकी सत्रमा पढेको यो क्याम्पस विश्वविद्यालयमा हुनुपर्ने न्युनतम सुविधाहरूउपलब्ध गर्ने र गराउने कार्यमा अघि बढेको रहेछ । छोटो समयमै त्यहाँ मैले अङ्ग्रेजी भिागका प्रमुख गुरु धर्मराज घिमिरे, ओमप्रकाश सर, मित्र पूर्णनन्द, विश्व आदिलाई भेट्ने मौका पाएँ । चऊरमा बसेर एकछिन् २०५०–५२ सालका ती रमाइला दिनको याद गरियो । फोटो खिचियो र ओम सरको मोटरसाइकलमा चढेर म दिउँसो १ बजेतिर भरतपुर विमानस्थल चिरेँ । विमानस्थलमा केही समयको पर्खाइपछि लगभग २ः३० मा हाम्रो जहाज उड्यो र म काठाडौँ उत्रिएँ ।

यसपटकको मेरो यात्रा नेल्टाले जुराएको एक्स्प्रेस कार्यक्रम मूल्याङ्कनसँगै मेरो विगतको विद्यार्थी जीवनलाई सम्झाउने गरी पूरा भयो ।

Facebook Comments