परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

होचा कीर्तिमानी खगेन्द्रको निधन

पोखरा, माघ ३ । विश्वकै होचा व्यक्तिको कीर्तीमान बनाएका खगेन्द्र थापा मगरको आज दिउँसो यहाँस्थित मणिपाल अस्पतालमा निधन भएको छ ।

खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाका अनुसार, स्वास्थ्यमा समस्या आएपछि हिजो १२ बजे अस्पताल भर्ना गरिएको थियो ।  थापालाई मुटु, निमोनिया र दमको समस्या देखिएको थियो ।  उहाँलाई मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा राखी उपचार गरिँदैगर्दा निधन भएको हो ।

खगेन्द्रको उचाइ २२.०६ इन्च थियो । थापा मगरको जन्म नेपालको बागलुङ जिल्ला धुल्लुबासकोट ६ मा २०४९ असोज १८ गते भएको थियो ।

Facebook Comments