परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बन्दीपुरमा ‘फुड फेष्ट’ हुँदै 

सन्दर्भः भ्रमण वर्ष २०२०

काठमाडौं, माघ ३ । रेबान (रेष्टुरेनट एण्ड बार एसोसिएसन नेपाल) ले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सहयोग पुर्याउने उद्देश्यले ‘रेबान–बन्दीपुर फेष्ट २०२०’ को आयोजना गर्ने भएको छ। आज एक कार्यक्रम गरी रेबानले पर्यटकीय स्थल बन्दीपुरमा उक्र महोत्सव यही माघ १७ र १८ गते गर्न लागेको जानकारी दिएको हो।

रेबान पोखरा, रेवान सौराहा तथा केन्द्रीय रेवानले पनि रेष्टुरेन्ट व्यवसायको अभिवृद्धि गरी खाना प्रवर्द्भनका विविध कार्यक्रमहरु आयोजना गरिरहेको रेबानले जानकारी गराएको छ।

पर्यटकीय गन्तव्य बन्दीपुरमा आन्तरिक पर्यटन प्रवर्द्धन पनि हुने र काठमाडौं, पोखरा, सौराहाका रेष्टुरेन्ट व्यवसायीहरू र बन्दीपुरका पर्यटक व्यवसायीहरूबीच सद्भाव बढाउने उद्देश्यले पनि बन्दीपुरमा सांस्कृतिक कार्यक्रमसहितको खाना महोत्सव आयोजना गर्न लागेको रेवानका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए।

उनका अनुसार यस कार्यक्रमको मुख्य प्रायोजक गोर्खा ब्रुअरी तथा प्रायोजकहरुमा जावलाखेल ग्रुप अफ कम्पनी र नेपाल डिस्टिलरी रहेका छन्।

खाना तथा बस्नका लागि यो महोत्सवमा छुटको व्यवस्था समेत हुने रेबानले जानकारी गराएको छ। नेपाल आइडलमा गत वर्षका फाइनलिष्ट गायक निशाल भट्टराई लगायत अन्य कलाकारको विशेष प्रस्तुति समेत हुने आयोजकले जानकारी गराएको छ।

Facebook Comments