परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दुरा समुदायमा नेतृत्व परिवर्तन

नेपालका अल्पसंख्यक दुरा समुदायको छाता संगठन दुरा सेवा समाजको काठमाडौंमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशले देवबहादुर दुराको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ ।

प्राप्त जानकारी अनुसार वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिवमा क्रमशः सुरेशकुमार दुरा, बलबहादुर दुरा, बुद्धिबहादुर दुरा, नरविना दुरा र इन्द्रजङ्ग दुरा चयन हुनुभएको छ ।
सदस्यमा धर्मराज दुरा, नरबहादुर दुरा, चन्द्रबहादुर दुरा, ओमबहादुुर दुरा, पदमबहादुर दुरा र दिलु दुरा चयन हुनुभएको छ ।

नयाँ कार्यसमितिमा लमजुङ, तनहूँ, चितवन, कास्की र काठमाडौं जिल्लाबाट एक-एकजना प्रतिनिधि मनोनित हुन बाँकी छ ।

असार ६ र ७ गते संस्थाको चौथो राष्ट्रिय महाधिवेश भएको हो ।

२०५१ सालमा स्थापित दुरा सेवा समाजको हालसम्म भक्तबहादुर दुरा, किशोर दुरा, लोकबहादुर दुरा र गोकुल दुराले अध्यक्षको रूपमा नेतृत्व गरिसक्नुभएको छ ।

Facebook Comments