परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

जनपक्षीय तथा जुझारु नेता द्रोणाचार्य क्षेत्रीको सम्झना

सन्दर्भः २६ औं द्रोणाचार्य स्मृति दिवस

झापा । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीजन घिमिरेले समाजवादमा पुग्ने अबको बाटोको बारेमा बहस र छलफल आवश्यक भएको बताउनु भएको छ ।

आज चन्द्रगढीमा २६ औं द्रोणाचार्य स्मृति दिवसको अबसरमा द्रोणाचार्य स्मृति प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा प्रदेश मन्त्री घिमिरेले यस्तो धारणा राख्नु भएको हो । उहाँले नेपालको संविधानले नै समाजवाद उन्मुख शासन व्यवस्था र अर्थतन्त्रको सुनिश्चितता गरेको अवस्थामा समाजवादमा पुग्ने बाटो पहिल्याउन आवश्यक भएको बताउनुभयो । उहाँले द्रोणाचार्यको सम्झना गर्दै भन्नुभयो ‘अहिलेको सरकार १७ बर्षसम्म जेलजीवन विताउने ती योद्धहरुको कडा परिश्रम र द्रोणाचार्यजस्ता जोधाहा योद्धाहरुले गरेको संघर्षको जगमा उभिएर बनेको हो ।’

कार्यक्रममा मन्त्री घिमिरेले द्रोणाचार्य संगसंगै समाज परिवर्तनका लागि राजनीतिक क्षेत्रबाट महत्वपूर्ण योगदान दिनुहुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, लीला उदासी, हरि अधिकारी र भीम कुवँरलाई सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा द्रोणाचार्य स्मृति प्रतिष्ठानलाई जग्गा प्रदान गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । प्रतिष्ठानलाई हर्कमाया भट्टराई, भगवान पौडेल, घननाथ भट्टराई, कुमारी रसाइली र तुलसा ढुङ्गेलले ३ कठ्ठा ११ धुर जग्गा प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नरेश खरेल, प्रदेश सभाका माननीय साँसद बसन्त बानियाँ, सम्मानित व्यक्तित्व केशवकुमार बुढाथोलीले द्रोणाचार्यका बारेमा चर्चा गनर््ु भएको थियो ।

प्रतिष्ठानका अध्यक्ष चन्द्रमणि पौडेलले अध्यक्षता गर्नु भएको थियो भने उपाध्यक्ष चन्द्रमाया श्रेष्ठले द्रोणाचार्यको संक्षिप्त जिवनी प्रस्तुत गर्नु भएको थियो ।

Facebook Comments