परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

माघ १५ गते, मंगलबार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ किलो सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थलका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठसँग १४ करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको समाचार थाहाखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।
महेन्द्रनगर नगर विकास समितिको जग्गा लिजविरुद्ध कञ्चनपुरमा छ राजनीतिक दलका युवा र विद्यार्थी संगठनले मंगलबारदेखि अनिश्चितकालीन आमहडताल घोषणा गरेका समाचार पनि थाहाखबर अनलाइन समाचार पोर्टलमा नै प्रकाशित छ ।
पूर्वयुवराज पारस शाहलाई तेस्रोपटक वंशाणुगत हृदयघात भएकाले उहाँ नर्भिक अस्पतालमा उपचाररत रहनुभएको समाचार समाचार अनलाइनखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।
सरकारले वैदेशिक रोजगारीमा रहेकाहरूलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउने तयारी गरेको समाचार नेपालखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।
कार्यक्षेत्रमा शहादतप्राप्त नेपाल प्रहरीका एक हजार चार सय ४८ जना, नेपाली सेनाका एक हजार १८, सशस्त्र प्रहरीका तीन सय १८ जना र राष्ट्रिय अनुसन्धानका २३ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको सञ्चार माध्यमहरूले जनाएका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेसनेलले प्रकाशन गरेको एक सूचाकाङ्कले नेपाल दक्षिण एशियामै तेस्रो भ्रष्ट मुलुक भएको समाचार उज्यालो अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।

Facebook Comments