परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

माघ १४ गते, सोमबार ।
चिकित्सा शिक्षा विधेयकप्रति असहमति जनाउँदै अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै नेपाल चिकित्सक संघ सम्बद्ध चिकित्सकहरूले देशव्यापी रूपमा रिले अनसन शुरु नेपालखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।
नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले माघ १ गतेदेखि लागू हुने गरी डेडिकेटेड लाइन लिएका करिडोरका पाँच वटा उद्योगलाई महसुलको विलिङ परिवर्तनसम्बन्धी पत्र पठाएपछि करिडोरका ठूला उद्योग चिन्तित भएका समाचार कारोबार दैनिकमा प्रकाशित छ ।
भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिन सरकारले दूतावासमार्फत प्रस्ताव माग्ने भएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ । सञ्स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्न लागेको उक्त विमानस्थलका लागि कम्पनी छनोट भने ‘जीटूजी’ मोडलमा गर्न लागिएको समाचारमा जनाइएको छ ।
फेवातालमा फोहरको थुप्रो बढ्दै गएको समाचार थाहाखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।
चीन सरकारले कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको समाचार अनलाइनखबर अनलाइन समाचार पोर्टलमा प्रकाशित छ ।
गण्डकी प्रदेश सरकारले चैतभित्रै प्रथम पञ्चवर्षीय आवधिक योजना ल्याउने लक्ष्यसहित प्रदेश सरकारले तयारी गरिरहेको समाचार पनि अनलाइनखबर अनलाइन समाचार पोर्टलमा नै प्रकाशित छ ।

Facebook Comments